२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

झापाका पत्रकारहरुले भने–‘विश्वासनिय मिडिया रासस मात्र’

फाल्गुन ५, २०८१, २:०२ .सोमवार
0
0
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

भद्रपुर, ५ फागुन । राष्ट्रिय समाचार समिति (रासस) को ६४ औँ वार्षिकोत्सवको पूर्व सन्ध्यामा आज आयोजित अन्तरक्रिया कार्यक्रममा अधिकांश वक्ताहरुले विश्वासनिय मिडिया रासस भएको बताएका छन् ।

आज राससको कार्यालय भद्रपुरमा ६४ औँ वार्षिकोत्सवको पूर्व सन्ध्यामा आयोजित ‘जिम्मेवार पत्रकारिता र राससको भूमिका’ विषयमा पत्रकारबीचको अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले यस्तो बताएका हुन् ।

यही फागुन ७ गते राससको ६४ औँ वार्षिकोत्सवको अवसरमा देशभरी विभिन्न कार्यक्रम गरेर मनाईरहेको छ । प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेलले रासस कार्यालय परिसरमा सुपारीको विरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि पोखरेलले रासस बाहेक अरु कुनै पनि मिडियासँग विश्वास गर्ने ठाउँ नभएको बताएका छन् । उनले रासस बिना मिडिया नचल्ने दावी गरे । मिडियाहरु बचाएको नै राससले भएको उनको भनाई छ । अन्य मिडियाले पचास प्रतिशत समाचार रासस बुलेटिनबाट पढ्ने, छाप्ने र हेर्न गरेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष सुव्रत न्यौपानेले समाचारमा विविधता रहेको बताए । उनले मोवाइल एप्स, अडियो भिडियोलाई सरलिकृत गर्दै एआईबाट पनि जानु पर्ने बताएका थिए ।

नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमले धर्मराएको धर्मलाई राससले थामेको बताएकी छन् । प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदीप परियारले साना लगानीमा सञ्चालित मिडियालाई सहजताका लागि राससले निःशुल्क समाचारको व्यवस्था गर्नु पर्ने माग राखेका थिए ।

फोनिज झापाका अध्यक्ष अर्जुन राजबंशीले सरकारी मिडिया राससले सरकारको गलत क्रियाकलापलाई पनि उजागर गर्नु पर्ने बताएका थिए । अग्रज पत्रकार गोविन्दचन्द क्षेत्रीले विश्वासनिय सञ्चारमाध्यामको रुपमा रासस रहेको बताए । उनले रासस र अन्य मिडियाहरु राजनीतिबाट मुक्त हुनु पर्नेमा जोड दिएका थिए ।

नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष तारामणि सापकोटाले राससले अन्य मिडियालाई निःशुल्क समाचार दिन नहुने तर्क गरेका छन् । उनले त्यसरी मिडिया नचल्ने दावी गरे । अमेरिकाको युएसेड कार्यक्रम बन्द भएपछि मुलधारका मिडियाहरुमा संकट हुन थालेको उनको भनाई छ ।

अग्रज पत्रकार मोहन काजीले सरकारको पहिचान र तथ्य समाचारको रुपमा रासस रहेको दावी गरेका छन् । उनले राससको समाचार निःशुल्क वा न्युनतम गर्न समेत माग गरे । प्रेस क्लब भद्रपुरका अध्यक्ष राजबाबु शंकरले राससको समाचारको मुल्य घटाउन माग गरेका थिए ।

कार्यक्रममा पत्रकारहरु खगेन्द्र भण्डारी, देबेन्द्र ढुंगाना, रमा दाहाल, लेखनाथ परदेशी, अर्जुन कार्की, रेवतिराज घिमिरे लगायतले पनि आ–आफ्नो विचार राखेका थिए ।

कार्यक्रममा रासस बनियानी सम्वाददाता सन्तोष शर्मा र बिर्तामोड सम्वाददाता राजकुमार ओलीको उपस्थिति रहेको थियो ।

रासस कार्यालय झापाका प्रमुद दिपक चन्दले अध्यक्षतासहित स्वागत गरेको कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । उनले रासस नेपाली भाषामा २४ औँ घण्टा समाचार प्रदान गरिरहेको बताए । उनले अंग्रेजी तथा अन्य भाषामा पनि बुलेटिनमार्फत समाचार दिइरहेको बताए ।

उनका अनुसार राससले साप्ताहिक पत्रिकालाई मासिक २७ सय, अनलाइनलाई ५५ सय र ठुला ब्रोडसीट मिडियालाई एकलाखदेखि १२ लाख रुपैयाँसम्म बुलेटिन मार्फत समाचारको मासिक रकम लिइरहेको छ ।

अन्तरक्रिया कार्यक्रमको सहजिकरण राससकी पूर्व कार्यालय प्रमुख एवम् झापा सम्वाददाता अम्बिका भण्डारीले गरेकी थिइन् ।

पछिल्लो समाचार

बुधवारदेखि भद्रपुर झापा गोल्डकप (भिडियोसहित)

अघिल्लो समाचार

महिला फुटबलको उपाधि कनकाई नगरपालिकालाई

Related Posts

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
banner -1

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार
मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी
box -1

मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

पुस २६, २०८२, १२:२५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.