काँकरभिट्टा, ८ फागुन । मेचीनगरमा तीन महिने जरा अभियान अन्तरगत नेकपा एमालेको जनवर्गीय संगठन नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सैनिक संगठन (नेपोन) को प्रथम नगर अधिवेशन सम्पन्न भएको छ ।
बुधबार काँकरभिट्टा स्थित एमाले नगर तथा क्षेत्रीय पार्टी कार्यालयमा सम्पन्न प्रथम अधिवेशनले डाकमान राईको नेतृत्वमा १५ सदस्यीय नेपोनको प्रथम नगर कमिटी गठन भएको हो ।
कमिटीको उपाध्यक्षमा नेत्रबहादुर खड्का, सचिवमा विक्रम खड्का, उपसचिवमा कृष्ण निरौला र कोषाध्यक्षमा विष्णु चौधरी सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा विमला विष्ट, विक्रम मेचे, नेत्रबहादुर खड्का, केशव राजबंशी, हरिप्रसाद डाँगी, रेवतबहाुर बानियाँ, देविप्रसाद सापकोटा, अग्निप्रसाद सापकोटा, ताराप्रसाद तिवारी र विष्णुबहादुर कार्की रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि नेपोनका केन्द्रीय सचिव तीर्थराज घिमिरे, नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोइराला, मेचीनगर अध्यक्ष राजु कार्की लगायतले जरा अभियानलाई पार्टीको जरैबाट सशक्त बनाएर लैजान सबै एकजुट भएर लाग्नु पर्ने बताएका थिए ।
पार्टीले सञ्चालन गरेको तीन महिने जरा अभियान अन्तरगत मेचीनगरमा जनवर्गीय संगठनहरूको भेला, वैठक, अधिवेशन लगायतका कामहरू धमाधम भइरहेको नगर अध्यक्ष कार्कीले बताए ।
नेपोनका झापा अध्यक्ष मुकुन्द भट्टराईको अध्यक्षतामा सम्पन्न प्रथम अधिवेशनको स्वागत कोशी प्रदेश कमिटीका अध्यक्ष डिल्लीराम घिमिरेले र सञ्चालन कोशी प्रदेश कमिटीका उपसचिव उमेश डाँगीले गरेका थिए ।
Discussion about this post