झापा, २० फागुन । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितिको पद हस्तान्तरण र सुखानी सन्देश बिशेषांक विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार बिर्तामोडमा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष बिष्णु सापकोटा (जुगल) ले ब्यानर बाचन गरेर सुभारम्भ गरिएको कार्यक्रममा पूर्व पदाधिकारीले नयाँ कार्यसमितिलाई माइन्युट हस्तान्तरण गर्दै पदभार ग्रहण गरेका हुन् ।
कार्यक्रममा पत्रकार राजु पाठकको सम्पादन एवम् निर्देशनमा प्रकाशन गरिएको सुखानी बिशेषांक प्रमुख अतिथि, विशिष्ठ अतिथि तथा अतिथिहरुले सामुहिक रुपमा विमोचन गरे ।
कार्यक्रमका प्रमुख अतिथि सापकोटाले सहिदले अपेक्षा गरेको सपना र देशमा विद्यमान उपलब्धिलाई पूर्णता दिन पत्रकारिता क्षेत्रले मुख्य भूमिका खेल्नु पर्नेमा जोडदिए ।
कार्यक्रमका विशेष अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष विवेक गौतम, माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री झलकशिह दर्लामी (सन्देश), जिल्ला इन्चार्ज रन्जित तामाङ, प्रदेश उपाध्यक्ष एवम् घाइते प्रतिष्ठानका प्रदेश अध्यक्ष विजय साम्पाङ, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, नेपाल प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराई, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम, प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदीप परियार र सुखानी सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष विपिनकुमार चौहान लगायतले सहिदको सपनालाई साकार पार्न सञ्चार सम्बद्ध संस्थाहरु एक ठाउँमा उभिनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारीले बिशेषांकको बारेमा चर्चा र सुखानी सन्देशका सम्पादक चुडामणि बशिष्ठले विशेषांक प्रकाशनको बिषयमा जानकारी गराएका थिए ।
प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाका अध्यक्ष पुष्प खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष सन्तोष शर्माले र सञ्चालन सचिव प्रकाश उप्रेतीले गरेका थिए ।
Discussion about this post