२४ असार २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

महिलाहरुको अधिकारलाई अक्सर उपेक्षा

फाल्गुन २४, २०८१, ९:५० .शनिबार
0
0
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

आठ मार्च भन्ने वित्तिकै हामी समान अधिकारको माग गर्दै आवाज बुलन्द गरेको दिनलाई सम्झन्छौं । अमेरिकाको सिकागोस्थित कपडा कारखानामा काम गर्ने हजारांै महिलाहरुले समान ज्याला र महिलाले पनि मतदान गर्न पाउनुपर्छ भन्ने मागसहित गरेको आन्दोलनको उपज हो हामीले पाएको आजको अधिकार ।

अमेरिकापछि पेरिसका श्रमिक महिलाहरुले समेत सोही माग गरेर आन्दोलन गरेका थिए । सन् १८९७ मार्च आठ कै दिन न्यूयोर्क सिटीमा १५ हजार महिलाले मार्च पाससहित दैनिक १० घण्टा भन्दाबढी कामको विरोधमा जुलुस, आमसभा र हड्ताल गरेका थिए । त्यही आन्दोलनले नै दिवसको विजारोपण भएको मान्न सकिन्छ ।

जर्मनमा जन्मिएकी समाजवादी नेतृ क्लारा जेट्किन जो श्रमिक महिला दिवसको प्रणेता मानिन्छ । उहाँको नेतृत्वमा सन् १९१० मा डेनमार्कको कोपनहेगनमा १७ देशका महिलाहरुको अन्तर्राष्ट्रिय सम्मेलन आठ मार्चकै दिन भयो । सोही समयदेखि विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरु गरिएको विभिन्न तथ्यहरु पाइन्छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवस पहिलो पटक सन् १९११ मा अस्ट्रिया, डेनमार्क, जर्मनी र स्विजरल्याण्डमा मनाइएको थियो । सन् १९७५ मा संयुक्त राष्ट्रसंघले श्रमिक दिवस मनाउन सुरु गरेपछि त्यसैले औपचारिक रुपमा अन्तर्राष्ट्रियस्तरमा मनाउन थालिएको इतिहासमा पाइन्छ ।

नेपालको सन्दर्भमा वि.सं. २०३२ मा रानी ऐश्वर्यले आठ मार्चमा उच्च कुलघरानाका महिलाहरुलाई महंगा होटलहरुमा रात्री भोजको आयोजना गरी नारी दिवस मनाएको पाइन्छ । अखिल नेपाल महिला संघ वि.सं. २०३७ साल फागुन १७ गते पुनस्र्थापना भयो ।
त्यस पश्चात २०३८ सालदेखि २०४६ सालसम्म भूमिगत रुपमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ । त्यसपछि निरन्तर रुपमा विविध रचनात्मक कार्यक्रम गरी मनाउँदै आएको छ । नेपालको सन्दर्भमा वि.सं. २०१७ सालमा गोरखापत्र दैनिकमा ८ मार्चलाई नारी दिवस भनी एक लेख लेखेको पाइन्छ ।

यो दिवसलाई महिलाहरुको अधिकार लैङ्गिक समानता, महिला सशक्तीकरण र प्रगतिको प्रतिकको रुपमा पाउन सकिन्छ । नेपालमा आठ मार्चलाई महत्वपूर्ण दिवसको रुपमा मनाउन थालिएको छ । यो दिवसलाई महत्वपूर्ण दिवसको रुपमा मनाए तापनि नेपाली महिलाहरु विशेष गरी श्रमिक महिलाहरुले अभैm पनि विभिन्न समस्या र चुनौति सामना गर्नुपर्ने परिस्थिति छ ।

नेपाली श्रमिक महिलाहरुको स्थिति लैङ्गिक समानता, प्रविधिको भूमिका विशेषज्ञताको क्षेत्रहरुमा आवश्यक सुधार र परिवर्तनको जरुरी देखिन्छ । नेपालको सन्दर्भमा जनसंख्याको आधा भन्दा बढी हिस्सा महिलाहरुको रहेको छ । तर उनीहरुको आर्थिक, सामाजिक र राजनीतिक सहभागिता अझै पनि सीमित छ ।

विशेष गरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलाहरु कृषि, घरेलु र अन्य असंगठित क्षेत्रमा श्रम गर्ने गर्दछन् भने शहरी क्षेत्रमा बसोबास गर्ने आधारभूत वर्गका महिलाहरु घर निर्माण, होटल तथा घरेलु श्रमिकको रुपमा काम गर्दछन् । तर, उनीहरुको श्रमको मूल्य पुरुषको तुलनामा अझै पनि कम छ । यसका साथै उनीहरुले यौन शोषण, घरेलु हिंसा, कार्यस्थलमा भेदभाव जस्ता समस्याहरुको सामना गर्न बाध्य छन् ।

नेपालको संविधान २०७२ ले महिलाहरुको अधिकार र लैङ्गिक समानतालाई संवैधानिक ग्यारेन्टी दिएको छ । संविधानले महिलाहरुलाई समान अधिकार, समान मजदुरी र कार्यस्थलमा सुरक्षित वातावरण प्रदान गर्ने व्यवस्था गरेको छ । यसका साथै अन्तर्राष्ट्रिय सम्झौताहरुमा पनि हस्ताक्षर गरेको छ । जसले महिला अधिकार र सुरक्षालाई बढवा दिएको छ ।

अहिलेको नेपालको संविधानमा राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागितालाई ग्यारेन्टी गरेको छ । साथै स्थानीय तहमा प्रमुख, उपप्रमुखमा एक महिला अनिवार्य गर्नुका साथै प्रत्येक वडामा एक दलित महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । यसबाट के बुझिन्छ भने नीति निर्माण गर्ने ठाउँमा महिलाहरुको पहुँचलाई पु¥याउन खोजिएको छ ।

कोटा तोकेर पछाडि परेका वर्गलाई राजनीतिमा ल्याउन कानुन बनाइएको छ । तर कानुनी रुपमा अधिकारका कुराहरु भए तापनि कार्यान्वयनको पक्षमा धेरै समस्याहरु देखिएका छन् । ग्रामिण क्षेत्रमा महिलाहरुले अर्थात दुरदराजका महिलाहरुले आफ्नो हक अधिकारका बारेमा जानकारी नपाएका कारण उनीहरु आफ्नो हक अधिकारको लागि आवाज उठाउन सक्दैनन् । यसका साथै पितृसतात्मक सोचका कारण महिलाहरुको अधिकारलाई अक्सर उपेक्षा गरिन्छ । पितृसतात्मक सोचका कारण महिलाहरुलाई घरेलु काममा सीमित गराएको पाइन्छ ।

शिक्षा र स्वास्थ्यको क्षेत्रमा पुरुषको तुलनामा कम ध्यान दिएको पाइन्छ । कार्यस्थलमा महिलाहरुले यौन शोषणको अझै पनि सामना गर्नु परिरहेको छ । आर्थिक स्वतन्त्रता अझै पनि महिलाहरुले पाउन सकेका छैनन् । राजनीतिक अधिकार अझै बराबर हुन सकेको छैन । प्रविधिमा महिलाहरुको पहुँच पुग्न सकेको छैन । प्रविधिले लैङ्गिक समानताको लागि महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

डिजिटल प्रविधिले महिलाहरुलाई शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर प्रदान गर्न सक्दछ । इन्टरनेटको माध्यमबाट आफ्नो हक अधिकारका बारेमा जानकारी प्रदान गर्न सक्दछ । खासगरी दुरदराजका महिलाहरु प्रविधिको पहुँचबाट बन्चित छन । सरकारले प्रविधिमा महिलाहरुको पहुँचलाई विस्तार गर्न विभिन्न किसिमको योजना बनाई डिजिटल साक्षरता बढाउन आवश्यक देखिन्छ ।

अन्त्यमा, नेपालको सन्दर्भमा लैङ्गिक समानताको लागि अझै पनि सुधार र परिवर्तन गर्न आवश्यक छ । शिक्षाको क्षेत्रमा अझै महिलाहरुको सहभागिता बढाउन आवश्यक योजना बनाउनु पर्दछ । अझ उच्च शिक्षामा महिलाहरुको पहुँच विस्तार गर्न आवश्यक देखिन्छ । महिलाहरुको आर्थिक स्वतन्त्रता बढाउन उनीहरुलाई रोजगारी र उद्यमशीलताको अवसर प्रदान गर्नुपर्दछ । राजनीतिक क्षेत्रमा महिलाहरुको सहभागिता बढाउन महिला नेतृत्वलाई प्रोत्साहन गर्नु पर्दछ ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले महिलाहरुको अधिकार र महिला समानताको महत्वलाई जनाउँछ । नेपालको सन्दर्भमा यो दिवसले महिलाहरुले प्राप्त गरेको उपलब्धीहरुलाई सम्मान गर्दछ । अझै पनि धेरै अप्ठ्यारा देखिएका चुनौतिहरुलाई चिर्दै आगाडि बढ्न अहिलेको आवश्यकता हो ।

आफ्ना हक अधिकार पूर्णरुपमा प्राप्त गर्न अझ पनि संघर्ष जरुरी छ । तसर्थ महिला अधिकार प्राप्तिका लागि सबै दलका महिलाहरु एकै ठाउँमा उभिएर महिलाका मुद्दाहरुलाई साझा मुद्दा बनाई अगाडि बढ्नु अहिलेको आवश्यकता हो ।

(लेखक दाहाल अखिल नेपाल महिला (अनेम)संघ झापाकी अध्यक्ष हुन् ।)

पछिल्लो समाचार

भोलिदेखि काँकरभिट्टामा ‘मेचीनगर गोल्डकप’

अघिल्लो समाचार

मेचीनगर गोल्डकप : आज आयोजक र जर्जियन एफसी खेल्दै

Related Posts

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार
banner

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार

असार २२, २०८२, १०:३७ .आइतवार
थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत
banner -2

थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत

असार २२, २०८२, १०:०६ .आइतवार
काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै
banner -1

काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै

असार २२, २०८२, ८:०१ .आइतवार
मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन
अर्थ

मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन

असार २१, २०८२, ८:३२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.