
मेचीनगर, २० वैशाख । मेची उद्योग बाणिज्य संघकाे यही वैशाख २६ गते हुने निर्वाचनका लागि किशाेर (कपिल) क्षेत्रीकाे नेतृत्वमा समावेशी व्यवसायी प्यानलका उम्मेदवार घाेषणा गरिएको छ ।
आइतबार धुलाबारी स्थित थकाली रेष्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पदमा कपिल क्षेत्री, वरिष्ठ उपाध्यक्षमा भुमि पाैडेल, उद्योग उपाध्यक्षमा हरि काेइराला, बाणिज्य उपाध्यक्षमा सन्ताेष खवास र महासचिवमा ध्रुव कनाल उम्मेदवार रहेकाे जानकारी गराएकाे छ ।
यस्तै, सदस्यहरूमा आशिष संग्राैला, आशिष श्राप, अर्जुन तिवारी, राजेश बंशल, सुरज श्रेष्ठ, गाेपी गाैतम, प्रवल केसी क्षेत्री, विनाेद बानियाँ, कृष्णकुमारी प्रसाई (कल्पना) र चम्पा नेम्बाङ उम्मेदवार रहेका छन्
´व्यवसायीकाे हकहित, अधिकार र सुरक्षाका लागि काम गर्छाैं`क्षेत्रीले भने-´पुरानाे हङकङ मार्केटलाई फेरि त्यहि रफ्तारमा फर्काउनु पर्नेछ ।`
उनका अनुसार हाम्राे टिममा सबै उम्मेदवारहरू काम गर्ने र सबै सक्षम छन् । उनी संघका वर्तमान वरिष्ठ उपाध्यक्ष हुन् ।
वरिष्ठ उपाध्यक्षका उम्मेदवार भुमि पाैडेल संघका उद्योग उपाध्यक्ष हुन् । त्यस्तै उद्योग उपाध्यक्षमा हरि काेइराला रहेका छन् ।
बाणिज्य उपाध्यक्षमा सन्ताेष खवास रहेका छन् । उनी वर्तमान कार्यसमिति सदस्य हुन् । महासचिव पदमा ध्रुव कनाल उम्मेदवार रहेका छन् ।
अध्यक्षका उम्मेदवार क्षेत्रीले व्यवसायीहरूकाे समावेशी व्यवसायी प्यानल खडा भएको बताए ।
समावेशी प्यानलमा नेपाली कांग्रेस, राप्रपा, श्रम संस्कृति र नेकपा निकटका व्यवसायीहरू उम्मेदवार रहेका छन् । हाल संघमा दुई हजार बढि मतदाता रहेका छन् ।




Discussion about this post