२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

१५९२ ले पाए कार्ड

अपाङ्गता भएकालाई घरैमा शिक्षक लगेर पढाउने तयारी

चैत्र ४, २०८१, १२:५० .सोमवार
0
0
0
SHARES
223
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ४ चैत । मेचीनगर नगरपालिकाले अपाङ्गता भएका एक हजार ५९२ जना व्यक्तिलाई विभिन्न प्रकृतिको परिचय पत्र (कार्ड) वितरण गरेको छ ।

नगरपालिकाकी महिला विकास अधिकृत एवम् कार्यक्रमकी फोकल पर्सन जयन्ती खरेलले मेचीनगर नगरपालिकामा हालसम्म एक हजार ५९२ जना अपाङ्गता भएका व्यक्तिलाई विभिन्न प्रकृतिको कार्ड वितरण गरिएको जानकारी दिइन् ।

मेचीनगर नगरपालिका, कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशनबीच एक करोड ४२ लाखको त्रिपक्षीय सम्झौता गरी अपांगताको क्षेत्रमा महत्वपूर्ण कार्यक्रम सञ्चालन भइरहेको छ ।

नगरको १५ वटै वडाबाट वितरण गरिएका कार्डमध्ये ४७४ जनालाई रातो कार्ड, ६१२ जनालाई निलो कार्ड, ४३५ जनालाई पहेलो कार्ड र ७१ जनालाई सेतो कार्ड वितरण गरिएको उनले बताइन् ।

वडा नं.१ मा ११३ जना, वडा नं.२ मा ८६ जना, वडा नं.३ मा ७२ जना, वडा नं.४ मा ७४ जना, वडा नं.५ मा ६२ जना, वडा नं.६ मा १३५ जना, वडा नं.७ मा १४५ जना र वडा नं.८ मा ९९ जनालाई कार्ड वितरण गरिएको छ ।

त्यस्तै वडा नं.९ मा १७६ जना, वडा नं.१० मा १२७ जना, वडा नं.११ मा १०० जना, वडा नं.१२ मा ८६ जना, वडा नं.१३ मा ८८ जना, वडा नं.१४ मा १०९ जना र वडा नं.१५ मा १२०जनालाई कार्ड वितरण गरिएको छ । एक हजार ९९० जना अपाङ्गता भएका व्यक्ति मध्ये थप ३९८ जनाले परिचय पत्र पाउने प्रक्रियामा रहेका छन् ।

अपाङ्गता भएका व्यक्तिहरुका लागि रोकथाम, पुनस्थापना, जीविकोपार्जन, सशक्तिकरण र सामाजीकीकरण लगायतका कार्यक्रमअघि बढाइएको मेचीनगर कार्यक्रम संयोजक पदम बराइलीले बताए ।

सोही कार्यक्रम अन्तरगत गत आठ महिनादेखि अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न सेवाहरु प्रदान गरिरहेको छ । नगरस्तरीय अभिमुखीकरण, ९ जना नव दम्पत्ति जोडीलाई शुभकामना कार्डसहित सचेतना र कानुनका कुराहरुका विषयमा स्पष्ट पारिने काम भइरहेको छ ।

१५७ जना जन्मजात अपाङ्गता पहिचानका लागि नवजात शिशुको स्वास्थ्य जाँचको स्किनिङ गरिएको छ भने त्यसमा शंकास्पद विरामी २ जना शिशु रहेका छन् । फोलिक एसिड चक्कीको प्रभावकारी वितरणका लागि नियमित स्वास्थ्य केन्द्रबाट सेवा प्रदान गरिएको छ ।

विद्यालयमा अपाङ्गता भएका विद्यार्थीहरुका लागि शिक्षक र नर्सलाई तालिम उपलब्ध गराइएको छ । तीन हजार ४ सय विद्यार्थीको स्किनिङ क्याम्प सञ्चालन गरिएको छ । जसमा १६३ जना शंकास्पद विरामी भेटिएका छन् । एक हजार २५६ जनालाई प्रत्यक्ष भेटेर स्वास्थ्य उपचार सेवा दिइने लक्ष्य रहेको बताइएको छ ।

यसअघि सञ्चालन गरिएको शिविरमा एक हजार ६६७ जनाले सेवा लिएका थिए । त्यतिखेर एक हजार ४८३ जना अपाङ्गता भएको पहिचान खुलेको थियो । ३४८ जनाको फिजियो थेरापी र ६२६ जनालाई सहयोगी सामग्री प्रदान गरिएको थियो । ६ महिनाको समिक्षा वैठक समेत गरिसकिए बराइलीको भनाई छ ।

बराइलीका अनुसार घरमा आधारित शिक्षा कार्यक्रम अन्तरगत अति अशक्त ६ जना व्यक्तिलाई शिक्षक घरैमा गएर पढाउने तयारी गरिएको छ । नयाँ शैक्षिक सत्रदेखि ५ वर्षदेखि २० वर्षसम्मका अपाङ्गता भएका व्यक्तिहरुलाई एसईई दिएका परिवारका सदस्य, छिमेकी वा नजिकको विद्यालयका शिक्षकबाट पढाउने व्यवस्था गरिने छ । हाल अपाङ्गता भएका १५ जना विद्यार्थी विद्यालय भर्नाका लागि प्रकृया शुरु गरिएको छ ।

कार्यक्रमवाट स्वास्थ्यकर्मीहरुलाइ नवजात शिशुमा हुनसक्ने जन्मदोष पहिचान तालिम, समावेशी शिक्षाका लागि शिक्षक र व्यवस्थापन समितिलाई तालिम, अपाङ्गता भएका व्यक्तिहरुको संस्थाका पदाधिकारीहरुलाइ क्षमता विकास तालिम, नगरका १५ वटै वडामा मिलिजुली समुह गठन,अपाङ्गता भएका व्यक्तिहरुको परिचय पत्रमा पहुँच, अन्तराष्ट्रिय अपाङ्गता दिवस, अपाङ्गता भएका व्यक्तिहरुको पालिका स्तरीय संस्था गठन लगायतका कार्यक्रमहरु गरिसकिएको छ ।

सीपमुलक र व्यवसायिक तालिमका लागि मिलिजुली समूहबाट सहभागीहरु छनोट, सुदृढिकरण, क्षमता अभिवृद्वि लगायतका कार्यक्रमहरु तयारीमा रहेको कार्यालयले बताएको छ ।

यसैबीच आइतबार र सोमबार अपाङ्गता भएका व्यक्तिहरुको हेरचाह गर्ने परिवारका करिव ४५ जना सदस्यहरुलाई सीपमुलक तालिम दिइएको छ । जस्तो अटिज्म र सेरेभल पाल्सी भएका अपाङ्गता व्यक्तिको हेरचाह गर्नेलाई उक्त तालिम दिइएको फोकल पर्सन खरेलले जानकारी दिइन् ।

सोही अवसरमा मनिषा गौतम पौडेल लगायतले तालिमले धेरै कुरा सिकाएको बताएका छन् । उनीहरुले अटिज्म भएका बालबालिकालाई विद्यालय र स्पिज थेरापीका लागि अस्पताल लान समस्या भएकाले नगरमा नै थेरापीसहितको अटिज्म स्कुल निर्माण गरिदिन अनुरोध गरेका छन् । सहभागीलाई सीभीआर अधिकृत मार्विन देवानले दुईदिन प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्ती लगायतले लगत संकलन गरेर आवश्यक तयारी गरिने बताएका छन् ।

उनका अनुसार नवजात शिशु तथा १० वर्ष मुनिका बालबालिकाको स्वास्थ्य जाँच गरी हुन सक्ने अपाङ्गताको पहिचान र व्यवस्थापन गर्ने, अपाङ्गता भएका व्यक्तिहरु र उनीहरुको परिवारको जीवनस्तरमा सुधार ल्याउने, स्थानीय तहमा रहि लक्षित समूहलाई सेवा प्रदान गर्ने, सरकारी संरचनाहरुको सुदृढिकरण गर्ने लगायतका उदेश्य रहेको छ ।

भिडियो पनि हेर्नु होला ।

 

पछिल्लो समाचार

पत्रकार काजीलाई ‘उपभोक्ता सचेतना पुरस्कार’

अघिल्लो समाचार

टी–२० क्रीकेटको उपाधि सिलीगुडीको पेनोरिसलाई

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.