बाहुनडाँगी, ४ चैत । इण्डो–नेपाल टी–२० क्रीकेट प्रतियोगिताको उपाधि भारत सिलीगुडीको पेनोरिस–११ ले जितेको छ ।
मेचीनगर–४ बाहुनडाँगी स्थित सरस्वती माविको खेल मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा थण्डर्स–११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस–११ च्याम्पियन बनेको हो ।
विजेता पेनोरिस–११ ले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता थण्डर्स–११ ले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
टस जितेर पहिलो ब्याटिङ गरेको थण्डर्सले २० ओभर खेल्दै ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थण्डर्सका लागि रोहित राजवंशीले ३५ बलमा १९ रन बनाए भने आयुष न्यौपानेले १४ रन तथा आशिक राना मगरले १३ रन बनाए ।
अन्य ब्याट्सम्यानले दोहोरो अंकमा जोड्न सकेनन् । थण्डर्सका २ जना ब्याट्सम्यान शुन्यमा आउट भए । बलिङतर्फ पेनोरिसका राकेश रोय, सुनिल घोष, बोनोमली रोय र आचरल प्रधानले समान २÷२ विकेट हात पारे भने सन्दिप प्रसादले १ विकेट लिए ।
९२ रनको सामान्य लक्ष्य पाएको पेनोरिस ११ ले ९ दशमलब ५ ओभरमा ३ विकेटको क्षतिमा विजयी लक्ष्य हासिल ग¥यो । पेनोरिसका ओपनरद्वय सुभांकर देवनाथ र कञ्चन उप्रेतीले अर्धशतकीय पारी खेलेका थिए ।
सुभांकर २४ बलमा व्यक्तिगत ५२ रन जोड्दै पेवेलियन फर्केका थिए भने कञ्चन उप्रेतीले टिमका लागि १५ रनको योगदान दिएका थिए । थण्डर्सका शिव राजवंशीले २ विकेट लिएका थिए भने विराट डाँगीले १ विकेट लिए ।
प्रतियोगिताको म्यान अफ द म्याच पेनोरिसका सुभांकर देवनाथ घोषित हुँदै नगद १ हजार र मायाको चिनो प्राप्त गरे । प्रतियोगितामा ७ विकेट तथा ७८ रन बनाएका थण्डर्सका रोहित राजवंशी म्यान अफ द सिरिज घोषित भए । उनले नगद ५ हजारसहित ट्रफी हात पारे ।
प्रतियोगितामा बाहुनडाँगी युवा क्लब, दमक क्रिकेट क्लब, पेनोरिस ११, थण्डर्स ११, ड्रागन ११, बौद्धमोड क्रिकेट क्लब, सरस्वती क्रिकेट क्लब, झापा क्रिकेट क्लब, बल ब्लाष्टर्स भद्रपुर, लर्ड बुद्ध एकाडेमी काँकरभिट्टा, आदर्श युवा क्लब बुद्धबारे, ताराबारी युथ क्लबको सहभागिता रहेको थियो ।
साना किसान कृषि सहकारी संस्था बाहुनडाँगीको प्रायोजन रहेको प्रतियोगिता सम्पन्न गर्न विद्या विकास एकाडेमी, बाहुनडाँगी जेसीज लगायतको सहयोग रहेको थियो ।
फागुन २१ गतेबाट शुरु भएको प्रतियोगिताको समापन कार्यक्रममा पूर्वीगर्जन डटकमका सम्पादक प्रविण अधिकारीलाई सम्मान गरिएको छ । समापन कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो ।
मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीको विशेष आतिथ्यता रहेको कार्यक्रममा नेपाली काँग्रेस मेचीनगर–४ सभापति सागर कार्की, नेकपा एमाले मेचीनगर–४ अध्यक्ष तीर्थराज खरेल, साना किसान कृषि सहकारी संस्थाका मुख्य प्रबन्धक पोषककुमार दर्जी, बौद्धमोड कृषि सहकारी संस्थाका प्रबन्धक हेमन्त मोक्तान, बाहुनडाँगी जेसीज वर्ष २०२५ का अध्यक्ष नित्यानन्द चौलागाई, विद्या विकास एकाडेमीका निर्देशक बद्री निरौला, मेची उद्योग वाणिज्य संघका सदस्य सन्तोष खवास लगायतको आतिथ्यता रहेको थियो ।
बाहुनडाँगी युवा क्लबका अध्यक्ष जीवनकुमार मोतेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत प्रतियोगिताका कार्यक्रम संयोजक प्रविण भण्डारी र सञ्चालन सचिव दिवस पौडेलले गरेका थिए ।





Discussion about this post