झापा, ४ चैत । झापामा पत्रकार विनोद पण्डेको नेतृत्वमा पर्यटन पत्रकार मञ्च गठन भएको छ ।
आज बिर्तामोड स्थित विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समितिमा एक कार्यक्रमकाबीच पत्रकार पाण्डेको अध्यक्षतामा मञ्चको तदर्थ समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा पुष्प बराल, सचिवमा हिमाल खरेल, सहसचिवमा नारायण अर्याल र कोषाध्यक्षमा प्रकाश बानियाँ चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा इन्द्रजीत मुखिया, प्रेम आचार्य, विष्णुकुल श्रेष्ठ र धर्मराज प्रसाईं छन् ।
मञ्च गठनसँगै झापामा पर्यटन प्रर्वद्धनको समस्या र समाधानका विषयमा सरोकारवाला निकायहरुसँग छलफल समेत गरिएको छ ।
कोशी प्रदेश सरकारले मनाउन लागेको भ्रमण वर्ष २०८२ लाई लक्षित गरेर छलफल चलाइएको बताइएको छ ।
छलफलमा पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडा, बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकी, नाट्टा कोशी प्रदेशका महासचिव नविन खरेल, होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठ, महासचिव शिवराज पौडेल, नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समितिका अध्यक्ष इन्द्रप्रसाद प्रसाईं लगायतले धारणा व्यक्त गरेका थिए ।
उनीहरुले स्थानीय पर्यटकीय स्थललाई डिजिटलमा लैजानु पर्ने, होटलमा स्थानीय पर्यटकीयस्थलको तस्बिर र जानकारीमुलक सूचनाहरु राख्नुपर्ने, ग्रामीण पर्यटन प्रर्वद्धमा जोड दिनु पर्ने लगायतका विचारहरु राखेका थिए ।
मञ्च गठन गर्नुको मुख्य उदेश्य झापाका धार्मिक, ऐतिहासिक तथा अन्य पर्यटकीय स्थलहरुकोप्रर्वद्धन तथा प्रचार पसारमा सघाउ अध्यक्ष पाण्डेको भनाई छ ।





Discussion about this post