२४ असार २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

आदिवासी जनजातिको २७ चैतदेखि तेस्रो सांस्कृतिक महोत्सव (भिडियोसहित)

चैत्र १७, २०८१, १:४५ .सोमवार
0
0
0
SHARES
141
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १८ चैत । यही चैत २७ गतेदेखि हुने आदिवासी जनजातिको सांस्कृतिक महोत्सवमा टिकट काट्ने व्यक्तिले भाग्यशाली उपहारका रुपमा स्कुटर, वासिङमेसिन, ल्यापटप र स्मार्ट मोवाइल फोन पाउने छन् ।

आज काँकरभिट्टामा नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् मेचीनगरले यही चैत २७ गतेदेखि आगामी बैशाख २ गतेसम्म आदिवासी जनजाति तेस्रो बृहत सांस्कृतिक महोत्सव आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

महोत्सव निर्देशक समिति संयोजक केवलराम राईले आदिवासी जनजातिहरुको संस्कृति र पहिचानसँग जोडिएको महोत्सव २०७० सालदेखि सुरु गरिएको बताए ।

उनले महोत्सव २०७२ सालमा दोस्रो र लामो समयपछि यसपटक १८ वटा जातिहरुको सहकार्यमा काँकरभिट्टा माविको खेल मैदानमा तेस्रो सांस्कृतिक महोत्सव गर्न लागिएको बताए ।

महोत्सवमा तामाङ, मेचे, सुनुवार, गुरुङ, राई, थामि, राजबंशी, लिम्बु, नेवार, धिमाल, माझि, शेर्पा, मगर, भुजेल, थारु, बिर्जा, किसान र मुण्डा जातिहरुको सांस्कृतिक परम्परागत घर तथा संस्कृति पर्यावरण झल्किने १८ वटै जातिको स्टल रहने नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् मेचीनगरका निवर्तमान अध्यक्ष ओमप्रकाश खापुङले जानकारी दिए ।

उनका अनुसार आदिवासीहरुको मौलिक खानपान, सांस्कृतिक भेषभुषा र प्रत्येक दिन तीन वटा जातिय समुदायले विशेष सांस्कृतिक कार्यक्रम गर्नेछन् ।

महोत्सवको उद्घाटन प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरले गर्नेछिन् । प्रमुख अतिथि उपसभामुख राना र हिन्दु, बौद्व, किराँत, मुस्लिम र क्रिश्चयनका धर्मगुरुहरुले परेवा उडाएर शान्ति र सदभाव अनि एकताको सन्देश दिइने गरी कार्यक्रमको उद्घाटन हुने छ ।

उद्घाटन दिउँसो २ वजेसम्म र साँझ ६ वजेदेखि ८ वजेसम्म सांस्कृतिक कार्यक्रम हुनेछ । चैत २८ गते धिमाल जाति विकास केन्द्र, नेपाल थामी संघ र नेपाल माझी उत्थानका नेतृत्वकर्ता चित्र धिमाल, ललित थामी र सन्तलाल माझीको सहकार्यमा सांस्कृतिक कार्यक्रम हुनेछ ।

त्यस्तै चैत २९ गते नेपाल तामाङ घेदुङ, सुनुवार समाज र राजबंशी समाज विकास समितिका नेतृत्वकर्ता भक्त तामाङ, पदम सुनुवार र र दिनेश राजबंशीको सहकार्यमा हुनेछ ।

चैत ३० गते नेपाल मगर संघ, नेपाल शेर्पा संघ, बिर्जा समाज समिति र मुण्डा समुदायका नेतृत्वकर्ता विकास थापा मगर, पासङ शेर्पा, अभिशेक बिर्जा र वन्दन मुण्डाको सहकार्यमा हुनेछ ।

यस्तै चैत ३१ गते नेवा दे दवु, किराँत राई यायोक्खा र थारु कल्याणकारी सभामुदायका नेतृत्वकर्ता शोभा श्रेष्ठ, बालाजित राई र रञ्जित र चौधरीको सहकार्यमा हुनेछ ।

आगामी बैशाख १ गते भुजेल समाज, किराँत याक्थुग चुम्लुङ र मेचे शिवियारी आफतका नेतृत्वकर्ता लक्ष्मिकान्त भुजेल, वीरु वेघा र देशभक्त मेचेको सहकार्यमा हुनेछ । र अन्तिम समापनका दिन बैशाख २ गते तमु हूयूल छोँजधी र किसान समुदाय क्लबका नेतृत्वकर्ता सुभास गुरुङ र भीम किसानको सहकार्यमा सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।

महोत्सवभरिको टिकट शुल्क रु.२०० लाग्ने छ । टिकट काट्नेले भाग्यशाली उपहारहरु पाउने छन् । टिकट काट्ने ११ जना व्यक्तिहरुले भाग्यशाली उपहारका रुपमा पहिलो स्कुटर, दोस्रो वासिङमेसिन, तेस्रो ल्यापटप र चौँथो उपहार ८ जनालाई स्मार्ट मोवाइल फोन उपहार दिइने खापुङले जानकारी दिए ।

महोत्सव सम्पन्न गर्न ३५ लाख खर्च लाग्ने अनुमान आयोजकले गरेको छ । महोत्सव सफल बनाउन मेचीनगर नगरपालिकाले ८ लाख, गेट पास अर्थात टिकबाट २४ लाख र अन्य दाताबाट ३ लाख संकलन हुने संयोजक राईले बताए । महोत्सव सफल बनाउन विभिन्न उपसमितिसहित ५५१ जनाको मुल आयोजक समिति समेत गठन गरिएको छ ।

पत्रकार सम्मेलनको अध्यक्षता नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् मेचीनगरका अध्यक्ष रामबहादुर वाइवाले र कार्यक्रमको सहजीकरण निवर्तमान अध्यक्ष खापुङले गरेका थिए ।

पछिल्लो समाचार

बाहुनडाँगी खानेपानी अध्यक्षमा हेमलाल गुरागाई निर्वाचित

अघिल्लो समाचार

भानु साहित्यिक प्रतिष्ठानको अध्यक्षमा घिमिरे, भोलि सपथ ग्रहण

Related Posts

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार
banner

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार

असार २२, २०८२, १०:३७ .आइतवार
थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत
banner -2

थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत

असार २२, २०८२, १०:०६ .आइतवार
काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै
banner -1

काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै

असार २२, २०८२, ८:०१ .आइतवार
मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन
अर्थ

मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन

असार २१, २०८२, ८:३२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.