८ माघ २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बाहुनडाँगी खानेपानी अध्यक्षमा हेमलाल गुरागाई निर्वाचित

चैत्र १७, २०८१, ४:५४ .आइतवार
0
0
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १७ चैत । बाहुनडाँगी सिद्धिखोला एकीकृत खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा हेमलाल गुरागाई निर्वाचित भएका छन् ।

उनी काँग्रेसबाट संयुक्त लोकतान्त्रिक प्यानलका अध्यक्षका उम्मेदवार बनेका थिए ।

नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लिम्बुवान लोकतान्त्रिक मोर्चाको संयुक्त लोकतान्त्रिक प्यानलबाट एकजना महिला सदस्य बाहेक सबै निर्वाचित भएका छन् ।

गुरागाईले ४३२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी प्रगतिशील समूहतर्फका अध्यक्ष पदका उम्मेदवार पासाङ तामाङले ३१५ मत मात्र प्राप्त गरेका थिए । उनी नेकपा एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार बनेका थिए ।

त्यस्तै नेकपा माओवादी केन्द्रका तर्फका अध्यषका उम्मेदवार मेघराज खड्काले १८५ मत मात्र ल्याए । खड्का स्वतन्त्र उम्मेद्वारका रुपमा थिए ।

उपाध्यक्षमा सागर कार्की विजयी भए । संयुक्त लोकतान्त्रिक प्यानलका कार्कीले ५८२ र प्रगतिशील समूहतर्फका पुष्कर घिमिरेले २२५ मत ल्याएका थिए ।

सचिवमा संयुक्त लोकतान्त्रिक प्यानलका उम्मेदवार सन्तोष सुवेदी ३५५ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार राजन कार्कीले ३२५ मत मात्र ल्याए । सुवेदी राप्रपाबाट हुन् ।

प्रगतिशील समूहतर्फका सचिव पदका उम्मेद्वार गोपाल बराईलीले १५३ मतमा चित्त बुझाउनु पर्यो । सहसचिव पदमा राजन न्यौपाने ३९४ मतका साथ विजयी भए । उनका प्रतिस्पर्धी प्रगतिशील समूहका सुरेश घिमिरेले २८८ मत प्राप्त गरेका थिए । न्यौपाने पनि राप्रपाबाट हुन् ।

यस्तै कोषाध्यक्षमा संयुक्त लोकतान्त्रिक प्यानलकी पूर्णिमा कट्टेल विजयी भइन् । उनले ३९४ मत ल्याइन भने प्रगतिशील समूहकी पुष्पाकुमारी बिष्टले २४४ मत मात्र ल्याइन् ।

यसैगरी खुला महिला सदस्यमा संयुक्त लोकतान्त्रिक प्यानल राधा नेपालले ४९२ र उमा राउत ३३७ मत ल्याएर विजयी बनेका थिए । राउत प्रगतिशील समूह तर्फबाट उम्मेदवार थिइन् ।

महिला सदस्यमा बिनु लिम्बुले २९२, भगवती राईले १८४, पुरुषतर्फ खुला सदस्यमा युवराज पौडेल ३२९, चन्द्रलाल ढुंगाना ३०५ मतका साथ विजयी बने ।

खुला पुरुष डम्बरबहादुर लिम्बु मगरले १९९, रामकुमार दाहालले १२१, किशोरकुमार दुलालले १२१ र देउकुमार लिम्बुले २६० मत मात्र प्राप्त गरे । संघीय लिम्बुवान लोकतान्त्रिक मोर्चाका महिला सदस्य पराजित भइन् ।

कुल १३२७ मतदाता रहेको समितिमा १००९ मत खसेको निर्वाचन समिति संयोजक चन्द्रशेखर गुरागाईले बताए । ९ पदका लागि २३ जना चुनावी मैदानमा थिए । शनिवार सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम आइतबार विहान ३ बजे घोषणा भएको थियो ।

पछिल्लो समाचार

नेवटियालाई देवकीनन्दन अग्रवाल स्मृति साहित्य सम्मान

अघिल्लो समाचार

आदिवासी जनजातिको २७ चैतदेखि तेस्रो सांस्कृतिक महोत्सव (भिडियोसहित)

Related Posts

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
banner -2

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार
झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.