

मेचीनगर, १६ चैत । कवि देवकीनन्दन अग्रवाल स्मृति साहित्य सम्मानबाट विराटनगरका साहित्यकार लक्ष्मणकुमार नेवटिया सम्मानित भएका छन् ।
शनिबार भद्रपुर स्थित एयरपोर्ट होटलमा बहुभाषिक साहित्य संगीत कला केन्द्र नेपाल र भारत सिलीगुडीको कालजयी मञ्चको संयुक्त आयोजनामा भएको कार्यक्रममा साहित्यकार नेवटियालाई सम्मान गरिएको हो । उनलाई नगद २५ हजार र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
झापाका बरिष्ठ साहित्यकार एवम् अग्रज पत्रकार नकुल काजीको प्रमुख आतिथ्यता तथा बहुभाषिक साहित्य संगीत कला केन्द्र नेपालका अध्यक्ष हरिप्रसाद पौडेलको अध्यक्षता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि काजी, कालजयी मञ्चका देबेन्द्रनाथ शुक्ल, महावीर चाचन, डाः भीखीप्रसाद वीरेन्द्र लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा साहित्यकारहरु पुन्यप्रसाद खरेलले सम्मानित नेवटियाका विषयमा चर्चा गरेका थिए ।
साहित्यकारहरु विरही अधिकारी, डाःवविता अग्रवाल, डाः मुनालाल प्रसाद, जय आचार्य, मीरा पोखरेल, केतकी अग्रवाल, जमुना हेमरम, अनिमा हस्दा, निधि चौधरी, अमर बानियाँ, बसन्त करवा लगायतले कविता, गीत तथा नित्य प्रस्तुत गरेका थिए ।
सोही अवसरमा गीत तथा पुस्तकहरु विमोचन गरिएको थियो । उत्तर आकाश, रामकथा पुस्तक विमोचन गरिएको थियो । विमोचन भएका गीत तथा पुस्तकमा डाः भीखीप्रसाद र जीवन धितालको गायन र लेखन रहेको छ ।
कार्यक्रमको सञ्चालन कालजयी मञ्चका सचिव पुनित बंशल र साहित्यकार मिलनकुमार ढुंगानाले संयुक्त रुपमा गरेका थिए ।
कार्यक्रममा स्वर्गिय देवकीनन्दन अग्रवालका छोरा ज्योति अग्रवाल लगायत परिवारको उपस्थिति रहेको थियो । स्वर्गिय अग्रवाल भारत सिलीगुडी निवासी हुन् । पछिल्लो समय सिलीगुडी छाडेर काँकरभिट्टा आएर बसेका थिए ।





Discussion about this post