मेचीनगर, १६ चैत । अमेरिकाबाट विभिन्न देश हुँदै झापाको दमक स्थित बेलडाँगी शिविर आएका तीन जना भुटानी शरणार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार दिउँसो २ वजे उनीहरुलाई दमक नगरपालिका–३ स्थित बेलडाँगी शिविरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
अमेरिकाबाट विभिन्न देश हुँदै भुटानी शरणार्थीहरू नेपाल आएको प्रहरीले सूचना पाएको थियो ।
सोही सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङलाई पक्राउ गरेको हो ।
नियन्त्रणमा लिएका उनीहरूलाई थप अनुसन्धान गर्न अध्यागमन विभागमा बुझाउने तयारी भएको प्रहरीको भनाई छ ।




Discussion about this post