मेचीनगर, १६ वैशाख । मेची उद्योग बाणिज्य संघले स्थापना गरेको आर्थिक पत्रकारिता पुरस्कार यसपटक पत्रकार गणेशमान मुखियालाई प्रदान गरिने भएको छ ।
कान्तिपुर टेलिभिजन एचडीका झापा सम्वाददाता बिर्तामोड निवासी मुखियालाई आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मान गर्ने निर्णय भएको हो ।
यही वैशाख १९ गते धुलाबारी स्थित पासाङ्ग ल्हामू स्मृति जेसीज प्रतिष्ठान (टाउन हल)मा हुने संघको २१ औँ वार्षिक साधारण सभामा पत्रकार मुखियालाई सम्मान गरिने संघका कार्यकारी निर्देशक गोपाल वस्नेतले जानकारी दिए । पुरस्कारको राशि नगद २१ हजार रुपैयाँ रहेको छ ।
पत्रकार मुखिया २३ वर्षदेखि कान्तिपुर टेलिभिजनको माध्यमबाट झापाको पत्रकारितामा सक्रिय छन् ।
मंगलबार बसेको वैठकमा पत्रकार छनोट समितिका संयोजक एवम् संघका अध्यक्ष खेमराज प्रसाई तथा सदस्यहरु संघका निवर्तमान अध्यक्ष ऋषिराज तिम्सिना, मेचीनगर नगरपालिका–१० का वडाध्यक्ष नारायण खनाल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतको उपस्थिति रहेको थियो ।
संघले यसअघि उक्त पुरस्कार पत्रकार गोविन्द चन्द क्षेत्री, राजु अधिकारी, पर्वत पोर्तेल, मनिषा चम्लागाई, रोहित काफ्ले र मुक्ति पौडेल, अम्बिका भण्डारी, सुष्मा राजबंशीलाई प्रदान गरिसकेको छ ।
साधारण सभाको प्रमुख अतिथिका रुपमा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल रहने छन् ।




Discussion about this post