८ जेष्ठ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

मेचे समुदायको संस्कृतिलाई जगेर्ना गर्नु पर्छ : सभामुख घिमिरे

बैशाख ३, २०८२, ५:०६ .बुधबार
0
0
0
SHARES
87
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३ बैशाख । संघिय प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले लोपोन्मुख मेचे समुदायको संस्कृति, परम्परालाई जगेर्ना गरेर उनीहरुलाई विकास निर्माणमा लगाउनु पर्ने बताएका छन् ।

आज मेचीनगर–११ स्थित धाइजनमा मेचे समुदायको महान पर्व ‘बैशागु बथर’मा मेचे समाज शिवियारी आफात केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् ।

‘यो समुदायलाई लोप हुन दिनु हुँदैन’, सभामुख घिमिरेले भने–‘उनीहरुको संस्कृति र संस्कारलाई जगेर्ना गर्नु पर्छ । हराएका समुदायलाई संरक्षण गर्नु पर्छ । विकास निर्माणमा लगाउनु पर्छ ।’

उनले जाति जातिबीचको एकता भड्काउन खोज्ने तत्वहरुदेखि सबै समुदाय सजग रहनु पर्ने बताए । कार्यक्रमले नेपाल र भारतको कुटनीतिक सम्बन्ध बढाउन झन बल पुग्ने उनको भनाई छ ।

उनले मेचे समुदायको नयाँ भवनको उद्घाटनसँगै जग्गादाता, २०८० को एसईई र रोजा (धर्म) का गुरुलाई सम्मान समेत गरेका थिए ।

सोही अवसरमा रोजा बुद्वलाल मेचे, भवनका लागि १२÷१२ धुर जग्गा दिने जग्गादाता नरेन्द्र मेचे गच्छम, विशु मेचे, २०८० को एसईईमा ३.१४ जीपिए ल्याउने आइस्ता मेचे लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा भारत आसाम राज्य विधान सभाका सभामुख विश्वजित दैमारी आउने कुरा थियो प्राविधिक कारणले आउन सकेनन् । तर, अन्य विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले मेचे समुदायको उत्थान र संरक्षणका लागि नगरपालिकाले आज सार्वजनिक विदा दिने निर्णय गरेको बताइन् ।

कार्यक्रममा सभामुख घिमिरे, उपप्रमुख उप्रेती, बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णु प्रसाई, प्रधानमन्त्रीका स्वकीय सहसचिव रोश्नी मेचे, भारतका पूर्व प्रतिनिधि सभा सदस्य सांसुमा खुंगुर बासुमाथारी, महिला मेचे उत्थान संघकी अध्यक्ष नुमा मेचे, नेपाली कांग्रेस मेचीनगर सभापति सुदय पनेरु लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा आसाम बोर्डर टोरेन्टोकी गायिक हिमा बसमती लगायतले आफ्नो समुदायको गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।

मेचे समाज शिवियारी आफातका अध्यक्ष विरेन मेचेको अध्यक्षतासहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । उपाध्यक्ष सीता श्रेष्ठ मेचेले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव कालु मेचे र सचिव महेश मेचेले संयुक्त रुपमा गरेका थिए ।

मेचे समुदायको राष्ट्रिय पर्व ‘बैशागु बथर’ बैशाख महिनाभरी मनाउने गरिएको छ । नयाँ वर्षलाई स्वागतसँगै मेचे समुदायको पहिरनमा बाजा गाजासहित विभिन्न परिकारको खानपिन गरेर नाचगान गर्ने चलन रहेको छ ।

यो जाति लोपन्मुख तथा सिमान्तकृत समुदायमा पर्ने जाति हो । जसको जनसंख्या २०७८ को जनगणना अनुसार देशभरि पाँच हजार १९३ रहेको छ । देशविदेशमा छरिएर रहेपनि झापका ९ वटा पालिकामा बाक्लो रुपमा बसोबास छ ।

भिडियो पनि हेर्नु होला ।

पछिल्लो समाचार

मेचीनगरका कृषकलाई अनुदान, तालिम र औजार

अघिल्लो समाचार

मेचीनगर र हल्दिबारीलाई दियो मेचे समुदायले धन्यवाद

Related Posts

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त
banner

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त

जेष्ठ ७, २०८२, ७:२६ .मङ्लबार
वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
box -2

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.