७ माघ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

साउनमा सुकुम्बासीलाई धनीपूर्जा दिनेगरि लागेका छौँ : मेयर बुढाथोकी

जेष्ठ २१, २०८२, १२:२२ .बुधबार
0
0
0
SHARES
158
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २१ जेठ । मेचीनगर नगरपालिकाले सुकुम्बासीहरुलाई धनीपूर्जा दिनका लागि आजदेखि नापजाँच सुरु गरेको छ ।

मेचीनगर नगरपालिका अन्तरगतको भूमि समस्या समाधान आयोगले बुधबार वडा नम्बर १३ को फुलबारी टोलका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको जग्गा नापजाँच सुरु गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले जग्गाको नापजाँचको उद्घाटन गरेर सुरुवात गरेका छन् । निस्सा दिइएकाहरुको मेसिनबाट जग्गा नापजाँच गरेर धनीपूर्जा दिने गरी तयारी गरिएको उनले बताए । आगामी साउन सम्ममा यकिन गरिएकालाई धनीपूर्जा वितरण गरिने योजना रहेको उनको दावी छ ।

कार्यक्रममा नगरपालिकाका भूमि समस्या समाधान आयोगका फोकल पर्सन अनन्तप्रकाश वस्तीले स्वागतसहित पन्ध्र वटै वडामा कन्ट्रोल प्वाइन्ट राखिएको र सबैमा नापजाँच सकेर आगामी साउनमा धनीपूर्जा वितरण गर्ने गरी लागिएको जानकारी दिए ।

आगामी असार महिनामा निवेदन परेका सबैको नापजाँच सकेर जिल्ला नापी कर्यालयमा सिफारिस गरिने र साउनको पहिलो हप्तादेखि धनीपूर्जा वितरण सुरु गरिने योजना नगरपालिकाको रहेको छ ।

मेचीनगर–१३ का वडाध्यक्ष कृष्णराज सिग्देलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा उपप्रमुख मीना पोखरेल उप्रेती, कार्यपालिका सदस्य रीता परियार, निवर्तमान कार्यपालिका सदस्य निरु परियार, वडा सदस्य, कर्मचारी लगायत स्थानीयबासीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण वडा सचिव पवित्रा वस्नेतले गरेकी थिइन् ।

वडा नम्बर १३ का २३६ जनाको निवेदन नगरपालिकामा प्रविष्ट गरिएको छ । जसमा भूमिहिन दलित १३ जना, भूमिहिन सुकुम्बासी १६० जना तथा अव्यवस्थित बसोबासी ६३ जना रहेका छन् ।

त्यसमध्ये फुलबारी टोलका २२ वटा घर परिवारको ७ कठ्ठा जग्गामा बुधबारदेखि नापजाँच सुरु गरिएको छ । २२ जना मध्ये ९ जनाको कागजात पूरा नभएको बताइएको छ ।

भूमि समस्या समाधान आयोग शाखा प्रमुख सर्भेक्षक रामनारायण कुमार शर्मा, अमिनहरु सन्तोष रम्तेल र वेदकुमार यादव नापजाँचका लागि प्राविधिक रुपमा खटिएका छन् ।

सर्भेक्षक शर्माले भूमिहिन दलित र भूमिहिन सुकुम्बासीको हकमा शहरी क्षेत्रमा १३० र ग्रामिण क्षेत्रमा ३४० वर्गमिटर तथा अव्यवस्थित बसोबासीहरुले शहरी क्षेत्रमा १३० र ग्रामिण क्षेत्रमा एक हजार वर्गमिटर क्षेत्रफल पाउने बताए ।

उनका अनुसार आवासका लागि १३० र ३४० वर्गमिटर भन्दाबढी जग्गा ओगटेमा राजश्व लाग्ने छ । १३० र १००० वर्गमिटर ओगटेकाले आवास वा कृषि सबैमा राजश्व तिर्नु पर्नेछ ।

मेचीनगरमा ५ हजार १७१ जना भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको निवेदन प्रविष्ट भएको छ । जसमा भूमिहिन दलित ३१० जना, भूमिहिन सुकुम्बासी १८६८ जना तथा अव्यवस्थित बसोबासीहरु २९९३ जना रहेका छन् ।

यसैगरी एक हजार १४ जना भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको कागजात अपुरो रहेको नगरपालिकाले जनाएको छ ।

कार्यालयमा आएका निवेदनमा प्रविष्ट हुन बाँकी रहेका एक हजार १४ जनामा भूमिहिन दलित १५६ जना, भूमिहिन सुकुम्बासी २४१ जना तथा अव्यवस्थित बसोबासीहरु ६१७ जना रहेका छन् ।

भिडियो पनि हेर्नुहोला

 

पछिल्लो समाचार

‘आयोजना बैंक’मा राख्न जनतासँग योजना संकलन गर्दै मेचीनगर

अघिल्लो समाचार

ज्यामिरगढीको बायोमास इनर्जी उद्योगमा आगालागी

Related Posts

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
banner -2

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार
झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.