

बिर्तामोड, २२ असार । पत्रकार अम्बिका भण्डारी एक लाख राशिको ‘नारी सञ्चार साधना पत्रकारिता पुरस्कार’बाट सम्मानित भएकी छन् ।
नारी सञ्चार गृह झापाले आज आयाजना गरेको पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रममा पत्रकार भण्डारीलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कारको राशी एक लाख १ हजार रहेको छ । प्रमुख अतिथि बिर्तामोडकी नगरप्रमुख पवित्रा महतरा प्रसाईले भण्डारीलाई पुरस्कार प्रदान गरेकी थिइन् । पत्रकारिताको माध्यमबाट समाजमा पुर्याएको योगदानको कदरस्वरुप पत्रकार भण्डारीलाई सम्मान गरिएको हो ।
राष्ट्रिय समाचार समिति झापाकी विशेष समाचारदाता, लोकतन्त्र पोस्ट अनलाइनकी सम्पादक भण्डारी नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिकी उपाध्यक्ष, प्रेस चौतारी नेपालकी पूर्व केन्द्रीय सदस्य समेत हुन् ।
पत्रकार घिमिरे पुरस्कृत
त्यसैगरी, नारी सञ्चार गृह झापाले नारी सञ्चार युवा पत्रकारिता पुरस्कारबाट पत्रकार चिरञ्जीवी घिमिरेलाई प्रदान गरेको छ ।
नगद २५ हजार रुपैयाँको उक्त पुरस्कार प्रमुख अतिथि प्रसाईले प्रदान गरिन् । पुरस्कृत घिमिरे नयाँ पत्रिका दैनिकका झापा समाचारदाता हुन् ।
कार्यक्रममा प्रमुख अतिथि प्रसाई, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, पुरस्कृत प्रतिभाको तर्फबाट पत्रकार भण्डारीले लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
सो अवसरमा पुरस्कृत प्रतिभाको परिचय नारी सञ्चार गृहकी पूर्व अध्यक्ष भीमा शिवाकोटीले र पुरस्कृत हुनेहरुको घोषणा पूर्व अध्यक्ष सावित्रा दाहालले गरेकी थिइन् ।
कार्यक्रममा निवर्तमान कार्य समितिकी अध्यक्ष गौतमले नयाँकार्य समितिकी अध्यक्ष स्वस्तिका आचार्यलाई माइन्यूट दिएर पद हस्तान्तरण गरेकी थिइन् ।
नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष जोसना श्रेष्ठले र सञ्चालन सचिव मायामितु न्यौपानेले गरेकी थिइन् ।




Discussion about this post