झापा, ६ असोज । जेनजी प्रदर्शनका क्रममा घाइते भएर पूर्ण टुङ्ग बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार गरिरहेका सबै घाइते घर फर्किएका छन् ।
गत भदौ २३ र २४ गते भएको प्रर्दशनका क्रममा घाइते भएका मध्ये सात जना उपचारका लागि अस्पतालमा भर्ना भएका थिए ।
त्यसमध्ये अर्जुनधारा–११ का ३० वर्षीय गोपाल सेढाईको मृत्यु भएको थियो । उनको छातीमा गोली लागेको थियो । २४ गते अस्पताल भर्ना भएका सेढाइको उपचारकै क्रममा मृत्यु भएको थियो ।
अस्पताल प्रशासन प्रमुख विनोद वस्नेतका अनुसार घाइते सबैको निःशुल्क उपचार भएको हो । उपचारमा आएका मध्ये बिर्तामोड–४ का १५ वर्षीय सुमित साह, कनकाई–३ का ३२ वर्षीय चिरञ्जीवी खनाल, बिर्तामोड–९ का १६ वर्षीय सन्देश गिरी, बिर्तामोड–४ का ५० वर्षीय राम भजन साह, हल्दिबारी–२ का २३ वर्षीय अनिष श्रेष्ठ, माई नगरपालिका–२ का २८ वर्षीय रुपेश ढुंगाना उपचारपछि घर फर्किएका हुन् ।
आन्दोलनका क्रममा घाइते भएकाहरुलाई अस्पतालले विरामीको संख्या बढ्न सक्ने भन्दै १५ शैया र डाक्टरलाई विदा वस्न नदिई तयारी अवस्थामा राखिएको वस्नेतले बताए ।




Discussion about this post