मेचीनगर, ८ कात्तिक । नेकपा एमाले मेचीनगरले नगरपालिकाले अस्थायी, ज्यालादारी र करार कर्मचारी हटाएकोमा आपत्ति जनाएको छ ।
मेचीनगर नगरपालिकाले ती कर्मचारीहरूलाई यहि कात्तिक १ गते हाजिर नगराउने गरि करार सम्झौता रद्व गरेकाे छ ।
नगर कार्यपालिकाकाे असाेज २९ गतेकाे वैठकले अस्थायी, ज्यालादारी र करारका करिव १३८ जना कर्मचारीहरूलाई माथिकाे परिपत्र भन्दै करार सम्झौता नगर्ने गरि कात्तिक १ गतेदेखि लागू हुने गरि हटाएको थियाे ।
जेनजी आन्दोलनपछि बनेकाे सरकारका प्रधानमन्त्री शुशीला कार्कीकाे मन्त्रीपरिषद वैठकले खर्च कटाैतिकाे नाममा देशभरि त्यस्ता कर्मचारी हटाउन सबै पालिकालाई परिपत्र गरेकाे थियाे ।
साेहि अनुसार मेचीनगरले पनि कर्मचारी हटाउने निर्णय गरेकाे कार्यालयले जनाएकाे छ । तर, माथिकाे परिपत्र सबै पालिकाले लागू गरेका छैनन् ।
एमाले मेचीनगर अध्यक्ष राजु कार्कीले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर कर्मचारी हटाएकाे विराेधमा निर्णय सच्याउन माग गरिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार पालिकाले सेवाग्राहीहरूकाे सेवालाई अभाव र सहज नहाेस् भनेर कानुन अन्तरगत कर्मचारीहरू थप गरिएको विज्ञप्तिमा उल्लेख छ ।
जेनजी आन्दोलनकाे नाममा सरकारी र निजी सम्पतिमा आगजनी, ताेडफाेड र लुटपाटले कार्यालयका कागजात समेत जलेर खरानी भएको छ ।
जेनजी आन्दोलनकाे आवरणमा संविधान बाहिर गएर बनेकाे कार्कीकाे नेतृत्वकाे अन्तरिम सरकारले चुनाव गराउने मात्र रहेकाेले त्याे भन्दा माथि गएर कर्मचारीहरूकाे राेजराेटी खाेस्नु उचित नभएको ठहर गरिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा मन्त्रीपरिषद वैठकले उक्त निर्णय तुरून्त सच्याउन पनि माग गरेकाे छ ।
यदि कर्मचारीहरूलाई पुनर्वाहाली नगरे कानुनी उपचारका लागि अदालत जाने बाटाे स्पष्ट रहेकाेले एमाले पार्टी त्यसका लागि साथ र सहयाेग गर्न तयार रहेकाे बताएकाे छ ।





Discussion about this post