झापा, ६ कात्तिक । आज भाइटीका मनाइँदैछ ।
दिदी-बहिनीले आफ्ना दाजु-भाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिँदै दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दछन् ।
दाजु-भाइले पनि दिदी-बहिनीलाई टीका लगाइदिएर दक्षिणा, उपहार दिने चलन छ ।
दिदी-बहिनीलाई पूजा गर्नाले ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ ।
नेपाल पञ्चांग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत विहान ११:३९ मिनेटमा रहेको जनाएको छ ।
आज दिनभर टीका लगाउन कुनै बाधा नपर्ने समितिका अध्यक्ष प्राध्यापक शम्भुप्रसाद ढकालले बताए ।
तिहार ५ दिनको हुने भए पनि यसवर्ष तिथि वृद्धि भई ६ दिनमा भाइटीका परेको छ ।




Discussion about this post