मेचीनगर, ८ कात्तिक । हात्तीकाे आक्रमणबाट मेचीनगर-२ स्थित सरस्वती चाेकका एक जना बालक घाइते भएका छन् ।
शनिबार विहान ९ वजे कुमार बाँस्ताेलाका १२ वर्षीय छाेरा आराप घर नजिकै सडकमा खेल्दै गरेका बेला हात्तीले आक्रमण गर्दा घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घाइते बालकलाई तत्काल उपचारका लागि बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा लगिएको थियाे ।
बालककाे घाँटी र शरिरका विभिन्न ठाउँमा चाेट लागेकाे प्रहरीकाे भनाई छ ।




Discussion about this post