झापा, ५ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलो पटक निर्वाचन क्षेत्रमा आइपुगेका छन् ।
पूर्वप्रधानमन्त्री ओली भोलि उम्मेदवारी दिन आज गृह जिल्ला झापा आइपुगेका हुन् ।
ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको चुनावका लागि मंगलबार निर्वाचन क्षेत्र नं.५ मा उम्मेदावारी दर्ता गराउँने छन् ।
सोमबार चन्द्रगढी विमानस्थलमा ओर्लिएका अध्यक्ष ओलीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, पिपुल्स भोलेन्टियर्स, नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका थिए ।




Discussion about this post