झापा, ९ वैशाख । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् ।
विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेका गुरुङले आज दिउँसो प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई राजीनामा बुझाएका हुन् ।
उनले आफ्नो राजीनामाबारे सामाजिक सञ्जालबाट जानकारी गराएका छन् ।
प्रधानमन्त्री शाहले आफू नियुक्त भएकै दिन मन्त्रिपरिषद् गठन गरेका थिए ।
सोही दिन गुरुङ गृहमन्त्री नियुक्त भएका थिए । सुरुकै दिनदेखि उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरेर चर्चा कमाएका गुरुङ पछिल्लो समय आलोचनाको घेरामा परेका थिए ।
रास्वपा सभापति रवि लामिछानेसँगको छलफलपछि गुरुङले प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाएका छन् ।




Discussion about this post