झापा, १३ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा तथा चुनाव यही वैशाख २१ गते तय भएको छ ।
यसअघि महासंघकाे स्थगित साधारणा सभा तथा निर्वाचनको नयाँ मिति तय भएको हाे ।
महासंघले आफ्नो ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचन यहि वैशाख २१ गते आयोजना गर्ने छ ।
महासंघले शुक्रबार सार्वजनिक गरेको सूचना अनुसार यसअघि २०८२ चैत २९ र ३० गतेका लागि तय गरिएको कार्यक्रम स्थगित भएपछि नयाँ मिति घाेषणा गरेकाे हाे ।
नयाँ कार्य तालिका अनुसार महासंघको उद्घाटन समारोह वैशाख २१ गते होटल रोयल टुलिप काठमाडौंमा आयोजना हुनेछ ।
यस्तै निर्वाचन कार्यक्रम भने वैशाख २२ गते नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा सम्पन्न हुने महासंघले जनाएको छ ।
महासंघले साधारण सभा र निर्वाचन सम्बन्धी सम्पूर्ण जानकारी आफ्नो आधिकारिक वेबसाइट मार्फत सार्वजनिक गरिसकेको छ ।
महासंघले सदस्यहरूलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित हुन समेत आग्रह गरेको छ ।




Discussion about this post