मेचीनगर, ६ जेठ । जंगली जनावर ´गाैर गाई` एक्कासी काँकरभिट्टामा मान्छे खेदाउँदै गर्दा लडेर मरेकाे छ ।
गाैर गाई बुधबार विहानै काँकरभिट्टा स्थित नेहा-स्नेहा बेकरी छेउछाउ देखा परेकाे थियाे ।
उक्त गाईले छेउछाउमा रहेका सर्वसाधारणहरूलाई खेदाउँदै थियाे । कतै पनि नराेकी एकहाेराे कुदेकाे कुदैई गरिरहेकाे थियाे । स्थानीयका मकै बारी, घरका फलामका गेट भत्काउँदै हिडेकाे थियाे ।
यति सम्म कि मान्छे देखाेकाे खेदाइ हाल्ने, मान्छेलाई हान्न भनेर कुदेकाे गाई स्थानीय एक जनाकाे घर आगनमा पुग्दा खुट्टा चिप्लियाे, त्यही लड्याे । उठ्न सकेन । लडेकाे करिव एक घण्टापछि मरेकाे स्थानीय राजु थापा क्षेत्रीले बताए ।
मेची चरा तथा वन्यजन्तु समाज केन्द्रका अध्यक्ष देबेन्द्र खरेलले जंगली जनावर ´गाैर गाई` भएको जानकारी दिए ।
एक्कासी काँकरभिट्टामा देखा परेकाे जंगली जनावरलाई स्थानीयले अर्ना, साढे गाेरू लगायतकाे अनुमान गरेका थिए । विहान साढे ६ वजे साे क्षेत्रमा देखापरेकाे क्षेत्रीकाे भनाई छ ।
अध्यक्ष खरेलले आज विहानै भारतकाे ताराबारीबाट बाहुनडाँगी हुँदै जंगली जनावर गाैर गाई यहाँ आइपुगेकाे दावी गरेका छन् ।
गौर जसलाई एसियाटिक बाइसन पनि भनिन्छ । यो नेपालमा पाइने सबैभन्दा ठुलो जंगली गाई वंशको प्रजाति हो । बलियो शरीर, गाढा रंगको छाला र सेता मोजा जस्ता खुट्टा यसको प्रमुख पहिचान हुन् ।
यी प्रायः ठुलो समूहमा बस्छन् र यिनीहरूले चुरे क्षेत्रका वन, घाँसे मैदान तथा नदी किनारका भूभागलाई रुचाउँछन् ।
भारतकाे ताराबारी जंगलमा समूहमा रहेका बेला छुटेर आफ्नो समूहकाे खाेजीमा भाैतारिएकाे हुनसक्ने स्थानीयकाे अनुमान छ । नेपालमा भन्दा भारत र बंगलादेशमा यस्ता जनावरहरू धेरै पाल्ने गरेका छन् ।
गौर प्रायः मानिसको नजरबाट टाढा बस्न खोज्छन् त्यसैले यिनीहरूलाई देख्न निकै दुर्लभ हुन्छ । अग्लो घाँस र बाक्लो वनभित्र लुकेर बस्ने स्वभावका कारण यसलाई अवलोकन गर्न कठिन हुनेछ ।
गौर अत्यन्त महत्त्वपूर्ण प्रजाति हो, किनकि यो बाघको प्रमुख आहारमध्ये एक हाे । गाैर गाईलाई इलाका वन कार्यालय बाहुनडाँगीकाे टाेलीले उपयुक्त स्थानमा लगेर दाहासंस्कार गर्ने छ ।




Discussion about this post