
फाेटाे/शव्द : अर्जुन कार्की
मेचीनगर, ३० वैशाख । पछिल्लो पटक काेराेनाकाे महामारीका बेला मेची पुलसँगै बनाएकाे एशियन हाइवे गेटकाे बाेर्डमा भ्वाङ् पर्दा समेत सम्बन्धित निकाय माैन रहेकाे छ ।
एशियन हाइवेकाे यत्राे ठुलाे गेटकाे नाम लेखिएको बाेर्ड भ्वाङ् पर्दा समेत त्यसकाे माइवाव काे हाे देखिएकाे छैन् ।
भारतको पानीट्यांकी नाका जोड्ने मेची नदीमा निर्मित मेची पुल (मितेरी पुल) ठेकेदारले निर्माण गर्दा काँकरभिट्टा बस स्टेन्ड सम्म कालाेपत्रे पिचसँगै साेट गेट बनाएकाे थियाे ।
साेही क्रममा सडकमा ठुलाे गेट बनाएर विभिन्न देशकाे नाम लेखेर बाेर्ड राखिएको छ ।
अहिले ती गेटका बाेर्डहरू प्वाल परेका छन् । भत्किन थालेकाे छ । तर, बनाउने चासाे कसैले देखाएकाे छैन् ।
´भत्किएको धेरै दिन भइसक्याे`, स्थानीय भन्छन्- ´मर्मत गर्न कुनै पनि निकायले चासाे देखाएकाे अवस्था छैन् ।`
यस विषयमा इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी निशेष चापागाईले गेटकाे बाेर्ड भत्किएको स्वीकार गरेका छन् । उनले एशियन हाइवेकाे जिम्मामा रहेकाे बताए ।
काँकरभिट्टा-लाैकही सडक (एशियन हाइवे)का दमक शाखाका इन्जिनियर आश्वर्य महतले साे सडककाे बाेर्ड हाम्राे जिम्मा नरहेकाे जानकारी दिए । सडक डिभिजन कार्यालयकाे जिम्मामा रहेकाे उनले बताए ।
सडक डिभिजन कार्यालय दमकका प्रमुखलाई सम्पर्क गर्दा फाेन सम्पर्क हुन सकेन ।
साे मेची पुल एशिया उपक्षेत्रीय आर्थिक सहयोग-सडक सञ्जाल परियोजना अन्तर्गत एशियाली विकास बैंक (एडीबी) को भारू एक अर्ब ६० करोड ऋण सहयोगमा भारतले ६ लेनको निर्माणसँगै ५ सय मिटर एप्रोच सडक निर्माण गरेकाे थियाे ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले २०७३ सालमा मेची पुलकाे निर्माणमा सम्झौता गरेका थिए ।
पछिल्लो पटक २०७७ सालमा काेराेनाका बेला निर्माण भएको थियाे । निर्माण भएको ३/४ वर्षपछि सञ्चालनमा आएको थियोे ।




Discussion about this post