


झापा, २६ फागुन । नेपाली कांग्रेस झापाले पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा पाँच जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेकाे छ ।
झापा जिल्ला कार्यसमिति सदस्यद्वय ठमनाथ नेपाल (झापा गाउँपालिका), मुना भट्टराई (बुद्धशान्ति गाउँपालिका), क्षेत्रीय प्रतिनिधिहरू शम्भु खड्का (कनकाई नगरपालिका), टेकनारायण संग्राैला (कनकाई) र दिपेन्द्र थापा (गौरिगञ्ज गाउँपालिका) ले केही समयदेखि पार्टीहित विपरीत गतिविधि गर्दै आएको पाइएपछि पार्टीले निर्णय गरेकाे हाे ।
जिल्ला कार्यसमितिको यही फागुन २६ गते बसेको बैठकले प्रतिनिधिसभा निर्वाचन-२०८२ मा पार्टीले उठाएको उम्मेदवारको विरुद्ध गतिविधि गर्दै विपक्षी उम्मेद्वारको पक्षमा प्रचार-प्रसार गरेको निष्कर्ष निकालेको थियो ।
सोही निर्णय अनुसार उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशनको कारवाही केन्द्रीय समितिलाई सिफारिस गरेकाे छ ।
नेपाली कांग्रेस झापा जिल्ला कार्यसमिति सचिव कृष्ण हुमागाईंले पार्टी अनुशासन विपरीत गतिविधि गर्नेहरूलाई कारवाही गरिएको जानकारी दिए ।
कारवाहीका लागि कांग्रेसकाे केन्द्रीय अनुशासन समितिमा सिफारिस गरिएको सचिव हुमागाईले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।




Discussion about this post