मेचीनगर, १९ असार । आज विहानकाे खेलमा स्पेनले सानदार जित हात पारेकाे छ ।
अन्तिम ३२ काे खेलमा अन्तिम १६ काे स्थान सुरक्षित हुन सफल भएको छ ।
फिफा विश्वकप-२०२६ को अन्तिम ३२ को खेलमा उत्कृष्ट प्रदर्शन गर्दै स्पेनले अस्ट्रियालाई ३-० गाेलले पराजित गरेकाे हाे । याेसँगै स्पेन अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ ।
शुक्रबार लस एन्जलस स्टेडियममा भएको खेलमा स्पेनको जितमा मिकेल ओयार्जाबलले दुई गोल गरे भने पेड्रो पोरोले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गर्दै जितमा महत्त्वपूर्ण भूमिका निभाएका थिए ।
स्पेनले खेलको सुरुवातदेखि नै आक्रामक खेल प्रदर्शन गरेता पनि पहिलो गोलको लागि ३६ औं मिनेटसम्म कुनै गाेल गर्न सकेन ।
ओयार्जाबलले स्पेनलाई १-० को अग्रता दिलाए । दोस्रो हाफको सुरुवातमै अस्ट्रियाले खेलमा फर्कने प्रयास गर्यो ।
६१ औं मिनेटमा वैकल्पिक खेलाडी सासा कालाज्जिकले हेडरमार्फत गोल गर्ने मौका पाए पनि गोल गर्न सकेनन् ।
त्यसपछि स्पेनले खेललाई कव्जामा लपयाे । ६६ औं मिनेटमा एलेक्स बाएनाले दिएको सटिक क्रसमा पेड्रो पोरोले उत्कृष्ट हेडरमार्फत गोल गर्दै स्पेनलाई २-० ले अग्रता दिलाए । स्पेनका लागि यो उनको पहिलो अन्तर्राष्ट्रिय गोल थियो ।
स्पेनका लागि खेलको ८९ औं मिनेटमा ओयार्जाबल आफ्नो व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै स्पेनलाई ३-० को शानदार जित दिलाए




Discussion about this post