काँकरभिट्टा, ३ भदौ । नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोइरालाले पार्टी भित्रै बसेर अन्तर संघर्ष गर्ने उद्घोष गरेका छन् ।
नेकपा एमाले औपचारिकरुपमा विभाजन हुनुअघि केपी ओेली इतर समूहमा रहेका नेता कोइरालाले नयाँ दल दर्ता पछि भने पार्टी भित्रै रहेर आफ्ना विचार अभिब्यक्त गर्ने प्रतिक्रिया दिएका छन् ।
तात्कालिन अवस्थामा माधव–झलनाथ खेमामा रहेर पार्टीमा ओली प्रवृत्ति हावि भएको भन्दै अन्तरसंघर्षमा आँफुलाई सहभागी गराएका नेता कोइरालाले अन्ततः माधव नेपालको साथ छाडेको बुझिएको छ ।
‘पार्टीमा फरक मत रहनु र अन्तर संघर्ष गर्नु फरक कुरा हो तर, पार्टीनै फुटाउने निर्णय मान्य हुनै सक्दैन’ कोइरालाले भने –‘जे–जे गर्नु छ पार्टी भित्रै रहेर गरिन्छ ।’
एमालेमा चर्किएको अन्तर विवादका कारण माधव नेपाल नेतृत्वको समूहले निर्वाचन आयोगमा बुधबार नेकपा एमाले (समाजवादी) नाम दिएर नयाँ दल गठन गरेसँगै एमाले औपचारिक रुपमा विभाजित भएको छ ।
Discussion about this post