झापा, ४ भदौ । सरकारले आजदेखि तीन दिनसम्म कक्षा ११ र कक्षा १२ का विद्यार्थीलाई पनि कोरोनाविरूद्ध खोप लगाउने भएको छ ।
स्वास्थ्य सेवा विभागको भदौ ३ को निर्णय अनुसार भेरोसेल खोपको पहिलो मात्रा आज शुक्रबारदेखि विद्यार्थीलाई लगाउन सुरू गरिएको छ ।
१८ वर्ष माथिका कक्षा ११ र १२ अध्ययनरत तथा विश्वविद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीलाई खोप लगाउन लागिएको छ ।
यस्तै ४० वर्ष वा सोभन्दा माथि उमेर समूहका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो मात्रा दिन लागिएको छ ।
काठमाडौं महानगरपालिका भित्र रहेका ३२ वडा वडाहरू र आवश्यकता अनुसार पालिकाले तोकेका खोप केन्द्रबाट खोप लगाउन पाइन्छ ।
Discussion about this post