झापा, ६ भदौ । काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई पनि शुक्रबारदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज दिइने भएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार भदौ ४–६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा ४० वर्षमाथिका नागरिकलाई खोपको पहिलो मात्रा दिइने छ ।
काठमाडौंमा १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीलाई पनि शुक्रबारदेखि नै खोप दिइने भएको छ ।
Discussion about this post