६ आश्विन २०८०, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

प्रदेश १ सरकार

मुख्यमन्त्री आचार्यले नियुक्त गरे दुई मन्त्री

भदौ ११, २०७८, ९:१४ .शुक्रबार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

झापा, ११ भदौ । प्रदेश १ मा आफ्ना मान्छेलाई मन्त्री बनाउन पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिएको निर्देशन मुख्यमन्त्री भीम आचार्यले अवज्ञा गरेका छन् ।

शुक्रबार आफू निकटका दुई जनालाई मन्त्री नियुक्त गरेका मुख्यमन्त्री आचार्यलाई अध्यक्ष ओलीले फोन गरेरै संखुवासभाका सांसद तुलसी न्यौपानेलाई नियुक्त गर्न निर्देशन दिएका थिए। आचार्यले न्यौपानेलाई सपथ गराउन इन्कार गरेका हुन् ।

पार्टी अध्यक्षकै निर्देशन अवज्ञा भएपछि प्रदेशको सत्तारूढ एमालेमा खटपट सुरू हुने निश्चित भएको छ । आचार्यले बलबहादुर साम्सोहाङलाई सामाजिक विकास मन्त्री र लछुमन तिवारीलाई उद्योग वन पर्यटन तथा वातावरण मन्त्री नियुक्त गरेका छन् । उनीहरूलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पद तथा गोपनीयताको सपथ गराएका छन् ।

यसअघि शुक्रबार दिनभर चलेको विभिन्न चरणको छलफलमा प्रदेश १ को मन्त्रिमण्डल विस्तारको विषयलाई लिएर एमालेभित्र विवाद भएको थियो ।

बिहीबार आफूले मात्रै सपथ लिएका मुख्यमन्त्री भीम आचार्यले शुक्रबार आफू निकटका दुई जनालाई मात्रै मन्त्री पदको सपथ दिलाउने तयारी गरेपछि उनीहरूसहित आफ्ना पक्षका सांसदलाई पनि मन्त्री नियुक्त गर्न निवर्तमान मुख्यमन्त्री शेरधन राईले आचार्यलाई दबाब दिएका थिए । राईले तुलसी न्यौपानेलाई पनि सपथ गराउन दबाब दिएको निवर्तमान राज्यमन्त्री राजकुमार ओझाले जानकारी दिए ।

‘मुख्यमन्त्रीले दुई जनालाई मात्रै सपथ गराउने तयारी गर्नुभएको रहेछ । पार्टी अध्यक्ष (केपी शर्मा ओली)ले मुख्यमन्त्रीलाई फोन गरेर न्यौपानेलाई पनि गराउन भन्नुभएको छ, हेरौं के हुन्छ’ ओझाले केहीबेर अघि मात्रै सेतोपाटीसँग यसो भनेका थिए । मुख्यमन्त्री आचार्यले भने आफू निकटका दुईलाई मात्रै सपथ गराएपछि एमालेमा विवादको विजारोपण भएको एक सांसदले बताए ।

ओलीले नै मन्त्री बनाउन भन्दै आचार्यलाई निर्देशन दिएका संखुवासभाका सांसद न्यौपाने लामो समयसम्म नेपाल समूहमा थिए । पुस ५ पछि शेरधन राईविरूद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका उनी केही दिनपछि हस्ताक्षर फिर्ता गरेर ओली समूहमा गएका थिए ।

त्यस्तै आज मन्त्री बनेका साम्सोहाङ र तिवारी पनि नेपाल समूहमै थिए । तर, साम्सोहाङ ताप्लेजुङको र तिवारी तेह्रथुमको एमाले अध्यक्ष पनि थिए । दोस्रो पुस्ताका नेताहरू एमालेमै रहने भएपछि उनीहरु पनि नेपाल समूह छोडेर एमालेमै रहेका थिए ।

एमाले स्रोतका अनुसार मन्त्रिमण्डल विस्तारका क्रममा उदयपुरका विमल कार्की र मोरङका जीवन घिमिरेलाई पनि मन्त्री बनाउनुपर्छ भन्ने दबाब ओली समूहबाट थियो । घिमिरेलाई मन्त्री बनाउन आचार्यले अस्वीकार गरेको स्रोतको भनाइ छ । घिमिरेले पहिले पनि आफूलाई धोका दिएको भन्दै आचार्यले अस्वीकार गरेको स्रोतको भनाइ छ ।

बिहीबार मात्रै मुख्यमन्त्री पदको सपथ लिएका आचार्य माधव नेपालको साथ छाडेर एमालेमै रहने निर्णय लिएका नेता हुन् । १० बुँदे सहमति कार्यान्वयन भएको र पार्टी विभाजन अस्वीकार्य रहेको भन्दै नेता नेपालको साथ छाडेका उनलाई प्रदेशमा मुख्यमन्त्री बनाउने आश्वासन ओलीले दिएका थिए ।

आफूलाई मुख्यमन्त्री बनाए बहुमत जुटाउने वाचा गरेर उनी काठमाडौंबाट विराटनगर फर्केर बिहीबार सपथ लिएका थिए । यसअघि ओलीका कट्टर आलोचक उनले न्यौपानेलाई मन्त्री बनाउन अस्वीकार गर्नुको कारण ‘विगतको धोका’ भएको हुन सक्ने अनुमान एमाले नेताहरूले गरेका छन् ।

‘पहिले धोका दिएको भनेर मन्त्री बनाउन अनइच्छा देखाएको होला’ एमालेका एक सांसदले भने ‘आखिर उहाँ पनि अन्ततः हाम्रै ठाउँमा आउनुभयो ।’ आचार्यले भने अध्यक्षकै निर्देशन अवज्ञा गरेर राम्रो नगरेको ओली पक्षको बुझाइ छ ।

‘पार्टीका सांसदहरू कायम राख्ने शर्त राखेर मुख्यमन्त्री भएका कारण अहिले उहाँले अध्यक्षकै निर्देशन अवज्ञा गर्ने हिम्मत गर्नुभएको हुनसक्छ’, ओली समूहका एक नेताले भने, ‘पार्टी एकता जोगाउने नाममा अहिले अध्यक्षमाथि ठूलै दबाब छ। त्यसैको फाइदा लिँदै उहाँले निर्देशन नमान्नुभएको हुनसक्छ । यो राम्रो भएन ।’

प्रदेशसभामा ५१ सदस्य रहेको एमालेमा १८ जना माधव नेपाल समूहमा थिए । तीमध्ये ८ जनाले एमालेमै रहने निर्णय लिइसकेका छन् । बाँकी १० जना माधव समूहमै छन् । जुन संख्या नयाँ सरकार बनाउन पुग्दो हुन्छ । कांग्रेस, माओवादी, जसपासहितको गठबन्धनमा रहेको माधव समूहले नयाँ सरकार बनाउनका लागि पहल थालिसकेको गठबन्धन स्रोतको भनाइ छ ।

पछिल्लो समाचार

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अघिल्लो समाचार

क्रिकेटका मुख्य प्रशिक्षक वाट्मोरले दिए राजीनामा

Related Posts

विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा
banner

विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा

अशोज ३, २०८०, १०:५५ .बुधबार
असोज १४ देखि ´समाजवाद जागरण यात्रा`
banner -2

असोज १४ देखि ´समाजवाद जागरण यात्रा`

अशोज ३, २०८०, ९:३९ .बुधबार
एमाले नेता मैनालीमाथि आफ्नै कार्यकर्ताद्वारा हातपात
box -1

भुपाल ओली धराैटीमा छुटे

अशोज ३, २०८०, ९:५५ .बुधबार
११४ औं देवकोटा जयन्ती मनाउने तयारी
banner -1

११४ औं देवकोटा जयन्ती मनाउने तयारी

अशोज ३, २०८०, ६:२० .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In