४ श्रावण २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीनगर पनि मंगलबार राति १२ वजेदेखि सिल

साउन २०, २०७८, २:२० .बुधबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धुलाबारी, १२ साउन । मेचीनगरमा पनि साउन १३ गते मध्यरातको १२ बजेदेखि १९ गतेसम्म सिल गरिएको छ ।

सोमबार बसेको मेचीनगर स्तरीय कोभिड १९ रोगथाम नियन्त्रण व्यवस्थापन समितिको बैठकले कोरोनाको संक्रमण र मृत्युदर बढ्दै गएपछि नगरक्षेत्रलाई सात दिनका लागि सिल गर्न कार्यपालिकालाई सिफारिस गरेको हो ।

समितिको सिफारिसका आधारमा मंगलबार मध्यान्ह बसेको कार्यपालिका वैठकले साउन १३ गते मध्यरातको १२ बजेदेखि साउन १९ गते मध्यरातको १२ बजेसम्म सिल गर्ने निर्णय गरेको निमित्त मेचीनगर प्रमुख मीना पोखरेल उप्रेतीले बताइन् ।

मेचीनगरले आयोजना गरेको पत्रकार सम्मेलनमा निमित्त प्रमुख उप्रेतीले बन्दाबन्दीको अवधिमा अस्पताल, स्वास्थय चौकी, केन्द्र, एम्बुलेन्स, बारुणयन्त्र, सेवाबाट प्रदान हुने सेवा, औषधि पसल, खोप सेवा, फोहोरमैला संकलन तथा व्यवस्थापन, विद्युत, टेलिफोन, खानेपानी इन्टरनेट सेवा प्रदायक संस्थाका अत्यावश्यक कार्यहरु २४ सै घण्टा खुला रहने, दुध अण्डा, फलफूल तरकारीका पसलमात्र विहान ६ देखि ८ बजे २ घण्टासम्म खुला रहने जानकारी दिए ।

बैठकले बन्दाबन्दीको अनुमोदनका लागि जिल्ला प्रशासन कार्यालय झापालाई अनुरोध गर्ने समेत बैठकले निर्णय गरेको छ । बैठकले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन, व्यापार, व्यवसाय, उद्योग कलकारखाना, शिक्षण संस्था, नेपाल सरकारले सञ्चालन गर्नका निम्ति तोकेका बाहेकका सबै सवारी साधन पूर्ण रुपमा बन्द गर्ने गराउने, सरकारद्वारा तोकिएको सामाजिक दुरी तथा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न, हाट बजार, मेला, जात्रा, महोत्सव पार्टी भोज लगायत भीडभाडमा हुने सवै खाले कार्य गर्न नगराउन समेत सवैमा नगरपालिकाले आग्रह गरेको छ ।

फ्रन्टलाइन कर्मचारीको हकमा परिचय पत्र साथै बोकीमा आवतजावत गर्न, कक्षा ११ को पूर्वानिर्धारीत परीक्षा कार्यक्रम स्वास्थ्य सुरक्षा मापदण्ड तथा सामाजिक दुरी कायम गरी सञ्चालन गर्न, होटल, वैंक तथा सवैखाले वित्तिय संस्थाहरु पूर्णरुपमा बन्द गर्न गराउने, उद्योग, कलकारखाना सञ्चालन सम्बन्धमा आवश्यक जनशक्तिहरुलाई उद्योग परिसर भित्रै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्ने गराउने समेतको निर्णय कार्यपालिकाको बैठकले गरेको छ ।

पत्रकार सम्मेलनमा मेचीनगर वडा नम्बर ४ का वडाध्यक्ष तथा कोभिड संक्रमण नियन्त्रण कार्यदल संयोजक नवीन वराल, इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक विकास राई, सशस्त्र प्रहरी बल नेपाल वीओपी काँकरभिट्टाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रेमकुमार राई लगायतको सहभागिता रहेको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए ।

यसअघि झापाको दमक, बिर्तामोड, कनकाई, बुद्धशान्ति र शिवसताक्षी नगरपालिकाले आ–आफ्नो क्षेत्र सिल गर्ने निर्णय गरिसकेका छन् ।

पछिल्लो समाचार

मेचीनगरमा आज २५ सयबढीले लगाए खोप

अघिल्लो समाचार

बीपी प्रतिष्ठानको आन्दोलन फिर्ता

Related Posts

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
banner -1

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार
विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु
banner

विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु

साउन ३, २०८२, ५:११ .शुक्रबार
मेचीनगरमा विकास : जताततै पिचै पिच
banner -2

मेचीनगरमा विकास : जताततै पिचै पिच

असार ३१, २०८२, ७:२४ .मङ्लबार
‘मेचीनगर गोल्डकप’ मेचीनगरको गहना हो : संयोजक मैनाली
box -1

‘मेचीनगर गोल्डकप’ मेचीनगरको गहना हो : संयोजक मैनाली

असार ३०, २०८२, १०:१० .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.