६ जेष्ठ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

अर्को भूमि आयोग बनाउने तयारी

साउन २२, २०७८, २:१३ .शुक्रबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा, २२ साउन । सरकारले भूमि सम्बन्धी अब अर्को आयोग छिट्टै गठन हुने जनाएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले विगतमा भूमि आयोग गठन हुँदा संविधानको प्रावधान नै छुटेको पाइएकाले सरकारले विघटन गरेको दावी गरेका छन् ।

उनका अनुसार आयोग गठन हुँदा संविधानको धारा ४० को (५) र (६) को प्रावधान छुटेको उनको भनाई छ ।

धारा (५)मा राज्यले राज्यले भूमिहीन दलितलाई कानून बमोजिम एकपटक जमिन उपलब्ध गराउनु पर्नेछ भनिएको छ । धारा (६) मा राज्यले आवासविहीन दलितलाई कानुन बमोजिम बसोबासको व्यवस्था गर्नेछ भनिएको छ । तर, भूमि आयोग गठन आदेशमा यो छुटेको जोशीले जिकीर गरे ।

भूमि सम्बन्धी समस्या समाधान आयोग गठन आदेश २०७६ को प्रस्तावनामै भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई मात्रै सम्बोधन गरिएको छ । त्यहाँ भूमिहीन दलित र आवासविहीन दलितको विषयमा केही भनिएको छैन ।

गठन आदेशको ६ नम्बर बुँदाको ‘काम कर्तव्य र अधिकार’मा भूमिहीन सुकुम्बासीको पहिचान र प्रमाणीकरणका आधार र मापदण्ड तोक्ने, अव्यवस्थित बसोबासीको पहिचान, लगत संकलन, प्रमाणीकरण गर्ने लगायत उल्लेख छन् । भूमिहीन दलित र दलितको आवास भने उल्लेख छैन ।

भूमिसम्बन्धी ऐनको आठौं संशोधनको दफा (५२) को क मा पनि भूमिहीन दलितलाई सरकारले तीन वर्षभित्र एकपटक जग्गा दिने छ भनिएको छ ।

‘गठनको प्रस्तावनामै भूमिहीन दलितको विषय नउठेकाले यो आयोगले उनीहरूलाई जग्गा दिन नमिल्ने देखियो, आयोगले गर्ने कामबाट उनीहरू छुट्ने भए,’ जोशीको जिकीर छ, ‘दलितको समेत समेटेर सरकारले नयाँ आयोग गठन गर्दैछ, सरकारले गृहकार्य गरिरहेको छ, छिट्टै नयाँ आयोग बन्छ भन्ने हामीले बुझेका छौं ।’ सरकारले मंगलबार भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गरेको थियो ।

भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबास गरिरहेका सुकुम्बासीका लागि लालपूर्जा वितरण गर्ने तयारी भइरहेका बेला सरकारले आयोग विघटन गरेको थियो । २०७६ साल चैतमा तत्कालीन केपी ओलीको सरकारले आयोग गठन गरेको थियो ।

गठन आदेशमा जे भए पनि आयोगले दलित, सुकुम्बासी सबैलाई समेटेरै लालपूर्जा वितरण गर्ने तयारी गरिरहेको थियो ।

पछिल्लो समाचार

कक्षा १२ को परीक्षा स्थगित गर्ने सिफारिस

अघिल्लो समाचार

झापामा साउन ३२ गतेसम्म लकडाउन थपियो

Related Posts

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार
ढुंगा, गिटी उठाउन कानून संशोधन गर्न पालिकाहरुको सुझाव
box -2

ढुंगा, गिटी उठाउन कानून संशोधन गर्न पालिकाहरुको सुझाव

जेष्ठ २, २०८२, ७:१४ .बिहिबार
‘हाम्रो मेचीनगर’ पुस्तक शिक्षकहरुले धमाधम लान थाले
box -1

‘हाम्रो मेचीनगर’ पुस्तक शिक्षकहरुले धमाधम लान थाले

जेष्ठ १, २०८२, ६:१६ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.