झापा, २२ साउन । झापामा थप एक साताका लागि लकडाउन थपिएको छ ।
शनिवार मध्यरातिदेखि साउन ३२ गतेसम्म लकडाउन लम्ब्याउने जिल्ला कोभिड व्यवस्थापन समितिको विहीवार सम्पन्न बैठकले निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले समितिको निर्णयानुसार आज निषेधाज्ञा जारी गरेका छन् ।
यसपालीको लकडाउनमा विहान ७ देखि १० बजेसम्म कृषि तथा खाद्यान्न पसल खोल्न दिइने भएको छ ।
Discussion about this post