झापा, ३२ साउन । नेपालमा साउनको पहिला साता (साउन ६ गते) सम्म जम्मा ८८ दशमलव ७५ प्रतिशत धान रोपाइँ सकिएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार साउन ६ गतेसम्म देशभर धान रोपाइँ हुने कुल क्षेत्रफलको जम्मा ८८ दशमलव ७५ प्रतिशत रोपाइँ सकिएको हो । जहाँ गत वर्ष सोही अवधिमा ९१ दशमलव ६८ प्रतिशत रोपाइँ सकिएको थियो ।
नेपालमा कुल १३ लाख ७१ हजार बढी हेक्टरमा धान खेती हुने गरेको छ । त्यसमध्ये साउन ६ गतेसम्म १२ लाख १७ हजार ४११ हेक्टरमा रोपाइँ सकिएको हो ।
नेपालमा यस वर्ष जेठ २८ गते नै मनसुन भित्रिइ सकेको थियो । तर, जुन हिसाबले छिटो भित्रिएको थियो हिसाबले रोपाइँ भएको देखिँदैन ।
प्रदेश अनुसार सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ९६ दशमलव ७४ प्रतिशत रोपाइँ सकिएको छ भने सबैभन्दा कम प्रदेश १ मा जम्मा ८० दशमलव शून्य २ प्रतिशत रोपाइँ सकिएको छ । जसमा सुदूरपश्चिम प्रदेशमा कुल १ लाख ६४ हजार ६३९ हेक्टरमा धान खेती हुने गरेको छ । प्रदेशमा कुल २ लाख ७५ हजार ९०१ हेक्टरमा धान खेती हुने गर्छ ।
Discussion about this post