२९ बैशाख २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

एमालेका १० जना सांसद एकीकृत समाजवादीमा

भदौ १६, २०७८, २:१८ .बुधबार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर, १६ भदौ । नेकपा एमाले प्रदेश १ का १० सांसदले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् ।

उनीहरूले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दल रोजेपछि मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन् ।

ती एमाले सांसदले बुधबार प्रदेश निर्वाचन कार्यालय विराटनगरमा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् ।

राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले सनाखत गरेपछि एमालेले प्रदेशसभामा बहुमत गुमाएको छ । मुख्यमन्त्री आचार्य अल्पमतमा परेका छन् ।

प्रदेश सरकार जोगाउन एमालेलाई ४७ मत आवश्यक पर्छ । ९३ सदस्यीय प्रदेशसभामा हाल कायम संख्या ९२ छ । जसमा एमालेसँग सभामुखसहित ५१ सदस्य छन् । तीमध्ये एक जना सांसद गुलेफुन खातुन फौजदारी अभियोगमा अदालतले कैद सजाय सुनाएकाले फरार छिन् ।

उनी अनुपस्थित रहँदा एमालेमा ५० जना सांसद थिए । यसमध्ये १० जनाले समाजवादी रोजेपछि एमालेको सांसद संख्या ४१ मा झरेको छ । यो संख्यामा एक जना सभामुख पनि छन् । बराबरी अवस्थामा निर्णायक मत दिनेबाहेक सभामुखले मतदान गर्न पाउँदैनन् । यसरी एमालेको कूल मत संख्या अब ३९ मा झरेको छ ।

प्रदेशसभामा कांग्रेससँग २१, माओवादीसँग १५ र जनता समाजवादीसँग ३ जना सांसद छन् । यी तीन दलसँग जम्मा ३९ जना सांसद छन् । त्यसमा एकीकृत समाजवादीका १० जना थपिँदा ४९ जना पुगेको छ । यो संख्या सरकार ढाल्न र नयाँ बनाउन पुग्दो बहुमत हो ।

गठबन्धनले संघीय लोकतान्त्रिक मञ्चकी सांसद विष्णुमाया तुम्बाहाम्फेको साथ पनि पाउने जनाएको छ । उनी थपिँदा विपक्षी गठबन्धनमा कूल संख्या ५० हुनेछ ।

विपक्षी गठबन्धनमा यो संख्या पुगेपछि ज्यादै लामो संघर्षपछि मुख्यमन्त्री बनेका आचार्यको सत्तायात्रा छोटो हुने निश्चितप्रायः भएको छ ।
प्रदेश स्थापना भएलगत्तैदेखि मुख्यमन्त्री बन्न निरन्तर प्रयासरत उनी तेस्रो प्रयासमा सफल बन्दै भदौ १० मा मुख्यमन्त्री बनेका थिए ।
उनी मुख्यमन्त्री बनेको एक साताभित्रै अल्पमतमा परेका छन् । पार्टी विभाजन भएपछि उनले अब संसदमा विश्वासको मत लिनुपर्नेछ ।

पछिल्लो समाचार

दल विभाजन अध्यादेश : उद्देश्य पूरा भयो, अब सरकारले फिर्ता लिने

अघिल्लो समाचार

एमसिसीकी उपाध्यक्ष फतिमा सुमार नेपाल आउँदै

Related Posts

एआई तालिमले नगरवासीको हितमा कलम चलोस् : नगरप्रमुख बुढाथोकी
banner -1

एआई तालिमले नगरवासीको हितमा कलम चलोस् : नगरप्रमुख बुढाथोकी

बैशाख २८, २०८२, ६:४२ .आइतवार
स्वास्थ्य शिविर : तेस्रो दिन ३६२ जनाले लिए सेवा
banner

स्वास्थ्य शिविर : तेस्रो दिन ३६२ जनाले लिए सेवा

बैशाख २८, २०८२, ५:४२ .आइतवार
शिविरमा ३ क्षयरोगी भेटिए, ६६ जनाको खँकारको नमूना संकलन
banner

शिविरमा ३ क्षयरोगी भेटिए, ६६ जनाको खँकारको नमूना संकलन

बैशाख २७, २०८२, ६:४२ .शनिबार
अब रहेनन् विनोद बस्नेत
box -1

अब रहेनन् विनोद बस्नेत

बैशाख २६, २०८२, ९:४८ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.