झापा, १६ भदौ । अर्जुनधारा–४ स्थित मदनपुर क्षेत्रबाट लागुऔषध खैरो हिरोईन ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा अर्जुनधारा–२ का १८ बर्षीय एबिट बुढाथोकी, ३० का सजित समाल र अर्जुनधारा–३ का २६ बर्षीय सौगात खतिवडा रहेका छन ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मंगलबार ७ ग्राम खैरो हिरोईन ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
साथै उनीहरुको साथबाट नगद ४९ हजार ५ सय रुपैयाँ समेत फेला पारी बरामद गरिएको छ ।
पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान तथा लागुऔषध मुद्धामा कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
Discussion about this post