भद्रपुर २८ भदौ । डाइनामिक ग्रुप नेपाल चन्द्रगढीको साधारण सभाले खगिन्द्रा खुसीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
भद्रपुर–१० स्थित लेखनाथ पुस्तकालयको सभाहलमा आयोजित साधारण सभाले खुसीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा गीता सुवेदी नेपाल, सचिवमा अर्जुन खरेल, सहसचिवमा पवित्रा ओली र कोषाध्यक्षमा चन्द्रमणी पौडेल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा पुष्प पराजुली, प्रकाश निराकार संग्रौला, विराज बाँस्कोटा र लक्ष्मी भट्टराई छन् ।
साधारण सभाले कृष्ण सुवेदी निराकारको संयोजकत्वमा राजन न्यौपाने, आरती पोखरेल सहितको तीन सदस्यीय निर्वाचन समिति बनाईएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक होम सुवेदी, विशेष अतिथी साहित्यकार पुरुषोत्तम अधिकारी, रागिनी संगीतालयका व्यवस्थापक भरत मैनाली आफ्ना कमजोरीहरुलाई सुधार्दै साहित्य, संगीत र कलाका क्षेत्रमा निरन्तर अगाडि बढ्नु पर्ने सुझाव दिएका थिए ।
२०७३ सालमा स्थापना भएको संस्थाले साहित्य, संगीत र कला तथा समाजिक क्षेत्रमा कार्य गर्दै आएको छ ।
डाइनामिक ग्रुप नेपालकी अध्यक्ष खगिन्द्रा खुसीको सभापतित्व, कार्यक्रमको स्वागत कोषाध्यक्ष चन्द्रमणी पौडेलले र सञ्चालन अर्जुन खरेलले गरेका थिए ।
Discussion about this post