झापा, २८ भदौ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली मंगलवार गृहजिल्ला आउँदैछन् ।
ओलीले विर्तामोडमा एमालेले आयोजना हुने जिल्ला भेलालाई सम्बोधन गर्नेछन् ।
भेला विर्तामोडको सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा राखिएको एमालेका जिल्ला अध्यक्ष चिन्तन पाठकले बताए ।
उनले भेलाको सम्पूर्ण तयारी पूरा भइसकेको र मंगलवार विहान काठमाडौंबाट हवाईयात्रा गरी अध्यक्ष ओली भद्रपुर विमानस्थलमा आइपुग्ने र त्यहाँबाट सम्मानपूर्वक विर्तामोड पुर्याइने जानकारी दिए ।
नेकपा एमालेको विभाजनपछि बनेको नेकपा एकीकृत समाजबादी पार्टीको प्रभाव झापामा न्यून मात्रामा परेको छ ।
एक जना वडाध्यक्ष, एक जना नगर कार्यपालिका सदस्य र ५ जना पालिका सदस्य मात्र समाजबादीमा गएका छन् ।
अधिकांश जनप्रतिनिधि एमालेमै बसेको अवस्थाबाट एमाले पक्ष निकै उत्साहित देखिएका छन् । ओली यही मौकामा हौस्याउन झापा आउन लागेका हुन् । स्रोतका अनुसार ओली मंगलवार नै काठमाडौं फर्किनेछन् ।
Discussion about this post