२ असार २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

छठ पर्व

अस्ताउँदो सुर्यलाई अर्घ दिँदै भक्तजन

कार्तिक २४, २०७८, ९:३५ .बुधबार
0
0
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २४ कात्तिक । आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइएको छ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइने यो पर्व आज साँझ र भोलि बिहान ठूलो उत्साहका साथ मनाउने चलन छ ।

केहि वर्ष अघिसम्म मधेशी समुदायले मात्र मनाउने गरिएको यो पर्व पछिल्लो समय सबै जातजाति र समुदायले मनाउँन थालेका छन् ।

हरेक वर्ष झै यस वर्ष पनि मेचीनगरको निन्दा नदीमा सूर्यको पूजा आरधना गर्न ठूलो संख्यामा भक्तजनहरु सहभागी बनेर अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् ।

विधिपूर्वक छठी माताको उपासना गर्नेहरुको हरेक मनोकामना पुरा हुने जनविश्वास रहेको छ । रोग निवारण तथा सन्तान प्राप्तिको लागि छठीमाताको ब्रत बस्ने चलन रहेको निन्दा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष शिव शंकर शाहले बताए ।

चार दिनसम्म मनाइने यो पर्वको पहिलो दिन नहाय खाय अर्थात नुहाइ धुवाइ गरेर पूजा आराधना गरेर खाना खाने, दोस्रो दिन खरना अर्थात दिनभर ब्रत बसेर साँझको समयमा घरमै छठीमाइको विधि पूर्वक पूजा गरेर प्रसाद ग्रहण गर्ने, तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर प्रसाद चढाउने र चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर फलफूल चडाएसँगै छठी पुजा सम्पन्न हुने उनले बताए ।

उनले भने, ‘यो पर्वको ठूलो महत्व छ, मनोकामना पुरा हुने भएपछि सवै समुदायले यो पर्व मनाउने क्रम सुरु भएको छ ।’ निन्दा नदीमा छठीमाताको पूजा हेर्न साँझामा ५ हजार र विहान करिव १० हजारको संख्यामा मानिसहरु सहभागी हुने गरेको शाहको भनाइ छ ।

पूजा व्यवस्थापन समितिका उपाध्यक्ष मनोज पोद्दारले छठी माताको उपासना गर्नेहरुको सख्या हरेक वर्ष बढ्दै गएको बताए ।

‘सन्तानको सुख प्राप्तिको लागि यो ब्रत बस्ने चलन छ’ पोद्दारले भने, – ‘विधिपूर्वक पूजा आराधना गरेर छठीमातासँग भागल गर्दा सूर्यदेवताले आर्शिवाद दिनु हुन्छ । आफ्नो १० वर्षसम्म सन्तान नभएपछि छठी माताको ब्रत बसेर भाकल गरेपछि २ सन्तान प्राप्त भएकोले छठी माता प्रति पूर्ण विश्वास रहेको छ ।’

छठ पर्वमा झापामा विशेषगरी मेची, निन्दा, फूलबासा, बिरिङ, कनकाई माई लगायतका नदीमा ठूलो संख्यामा भक्तजनहरु सहभागी हुने गरेका छन् । भोलि विहान उदाउदो सुर्यलाई अर्घ दिएपछि यसवर्षको छठ पर्व विधिवत रुपमा समाप्त हुनेछ ।

पछिल्लो समाचार

एस निकट महासंघको प्रदेश भेला झापामा हुने

अघिल्लो समाचार

इन्धनको मुल्य फेरि बढ्यो, ग्यास सिलिन्डरको १५७५

Related Posts

लम्फी स्किन संक्रमण : किसानको गोठमै पुगेर खोप लगाउँदै प्राविधिक
banner

लम्फी स्किन संक्रमण : किसानको गोठमै पुगेर खोप लगाउँदै प्राविधिक

असार २, २०८२, ९:४४ .सोमवार
मेचीनगरमा आजदेखि ‘नसर्ने रोग न्यूनिकरण’ अभियान
banner -2

मेचीनगरमा आजदेखि ‘नसर्ने रोग न्यूनिकरण’ अभियान

असार १, २०८२, ३:५७ .आइतवार
झनझटरहित सेवा दिन उद्योग कार्यालयलाई व्यवसायीको अनुरोध
banner -1

झनझटरहित सेवा दिन उद्योग कार्यालयलाई व्यवसायीको अनुरोध

जेष्ठ ३१, २०८२, ५:१४ .शुक्रबार
असारदेखि भदौ महिनासम्म सडक खन्न प्रतिबन्ध
box -2

लक्कि डिपार्टमेन्टमा पानीको भल पस्दा ६० लाखको क्षति

जेष्ठ ३०, २०८२, ५:२७ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.