७ जेष्ठ २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

झापा कांग्रेस

थेबेलाई सभापति बनाउने सहमति छैन : कट्टेल पक्षको दावी

कार्तिक २६, २०७८, ८:५४ .शुक्रबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, २६ कात्तिक । नेपाली कांग्रेस झापाका नेता देउमान थेबेलाई ‘सर्वसम्मत सभापति’ बनाउने कुनै सम्झौता नभएको सभापति पदका उम्मेद्वार राम कट्टेल पक्षको सचिवालयले प्रष्ट पारेको छ ।

आउँदो मङ्सिर १० गते हुने झापा जिल्ला अधिवेशनमा सभापति पदमा दुई प्रभावशाली नेताहरु राम कट्टेल र देउमान थेबेले उम्मेद्वारी घोषणा गरेका छन् ।

तर, थेबेलाई सभापति बनाउने सहमति ६ वर्ष अघि नै जिल्लाका अग्रज नेताबीच भएको दावी थेबे पक्षबाट मिडिया र सामाजिक सञ्जालमा आएपछि कट्टेल पक्षले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर दावीको सप्रमाण खण्डन गरेको छ ।

‘राम कट्टेल जिताऔं अभियान’का संयोजक पुष्पराज पौडेलले प्रेस विज्ञप्ति जारी गरी ७० वर्ष पुरानो लोकतान्त्रिक चरित्र बोकेको नेपाली कांग्रेस पार्टीमा ‘राजाको पालामा जस्तो यो पछि अर्को’ भन्ने कुनै निर्णय र सहमति कहिल्यै नभएको स्पष्ट पारे ।

उनले पार्टीको नेतृत्व चयन गर्ने आन्तरिक प्रतिष्पर्धालाई स्वस्थ र सौहार्द बनाउन अर्को पक्षलाई आग्रह गर्दै ‘हुँदै नभएको सहमति’को भ्रमपूर्ण प्रचार नगर्न समेत आग्रह गरे ।

पत्रकार सम्मेलनमा अभियानले ६ वर्ष अघि नेताहरुबीच भएको नौं बुँदे सहमति पत्र सार्वजनिक गरेको छ । जसको कुनै पनि बुँदामा नेता देउमान थेबेलाई जिल्ला सभापति बनाउने उल्लेख छैन ।

अभियानका सदस्य तेजप्रसाद चौलागाईले सहमति पत्र पढेर पत्रकारहरुलाई सुनाउनुको साथै त्यसको प्रतिलिपी उपलब्ध गराएका छन् । सहमति पत्रको पहिलो बुँदामा ‘थेबेको राजनीतिक भूमिकालाई सम्बद्र्धन गर्ने’ मात्र भनिएको छ ।

थेबेले उसबेला पार्टीको सभापति पदमा उद्धव थापासँग प्रतिष्पर्धा गर्न चाहेका थिए । तर नेताहरुको पहलमा उनले थापालाई सर्वसम्मत बनाउन सहमति जनाउँदै दावी त्यागेका थिए ।

त्यसरी सभापतिको दावी त्याग गरेवापत उनलाई राजनीतिक रुपमा उचित मूल्याङ्कन गरी भूमिका दिने सहमति भएको देखिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै पार्टीका सचिव प्रेम सम्बाहाम्फेले नेता थेबेलाई सभापति बनाउने कुनै सहमति कहिल्यै नभएको बताए ।

‘सभापति बनाउने भन्ने सहमति भएकै छैन, अहिले उहाँहरु (थेबे पक्षधर) किन झुठो कुरा गरिरहनु भएको छ, अचम्म लागेको छ,’ सम्बाहाम्फेले पत्रकारहरुसँग भने–‘उहाँको भूमिकालाई सम्बद्र्धन गर्ने भनिएको थियो । ४ नं. क्षेत्रमा पार्टीले उहाँलाई सांसद्को उम्मेद्वार बनायो । वरिष्ठ जिल्ला सदस्यमा मनोनित गर्यो । भ्रातृ संगठन हेर्ने जिम्मेवारी दियो । त्यही त हो सम्बर्धन गर्ने भनेको ।’

पार्टीका सचिव ताराबीर कटुवाल, संविधान सभा सदस्य उषा गुरुङ, क्षेत्रीय सभापति मणिकुमार उप्रेती, केन्द्रीय प्रचार विभागका सदस्य देबेन्द्र गौतम, जिल्लाका पार्टी प्रवक्ता लोकराज ढकाल, जिल्ला सचिवालय सदस्य तेजप्रसाद चौलागाई लगायतका नेताले सो अवसरमा बोल्दै थेबेलाई सभापति बनाउने सहमति भएको भए दस्तावेज देखाउन चुनौति दिएका छन् ।

‘यो भन्दा अर्को कुनै सहमतिको दस्तावेज छैन’, सभासद् उषा गुरुङले भनिन–‘पार्टीमा भूमिका दिने भनेको त सांसद्को टिकट दिने भनेको हो । सभापति बनाउने सहमति भएको छ भने दस्तावेज देखाउनु पर्यो नि ।’

क्षेत्रीय सभापति उप्रेतीले झापाका १५ पालिकामै सिटौला पक्षले जितेको भनेर झुठो प्रचार गरेजस्तै थेबेलाई सभापति बनाउने सहमति भएको भनेर भ्रामक प्रचारबाजी गर्ने काम भइरहेको बताए ।

उनले झापामा नेता राम कट्टेलको पक्षमा ठूलो समर्थन देखिए पछि थेबे पक्ष अत्तालिएको दावी गरे ।

पार्टीका जिल्ला प्रवक्ता लोकराज ढकालले सहमति जे भएको थियो, त्यसलाई जस्ताको तस्तै सार्वजनिक गरिएको जनाउँदै पार्टीका पूर्व उपसभापति देउमान थेबेलाई सर्वसम्मत सभापति बनाउने कुनै सहमति नभएको स्पष्ट पारे ।

उनले अब सभापति पदमा राम कट्टेलकै पक्षमा सहमति बन्ने वातावरण बन्दै गएको दावी गरेका छन् ।

केन्द्रीय प्रचार विभागका सदस्य देबेन्द्र गौतमले पार्टीमा विचारशील कार्यकर्ता र सबल नेतृत्वको खाँचो औल्याउँदै झापामा पालिका तहमा जित्ने सबै सभापतिहरु कुनै पक्षको भनेर प्रचार गर्नुभन्दा उनीहरु दुबै पक्षका लागि नेता साथी ठान्नु श्रेयस्कर हुने धारणा राखे ।

कट्टेललाई जिताउन अभियान गठन गरिएको र त्यसको संयोजन वौद्धिक नेता तथा जिल्ला सदस्य पुष्पराज पौडेलले गरेका छन् ।

संयोजक पौडेलले शालिन, सबल र विचारशील नेताको रुपमा परिचित राम कट्टेललाई जिल्ला सभापति पदमा अत्याधिक मतका साथ बिजयी गराउन पार्टीका सम्पूर्ण पंक्तिलाई आह्वान गरेका छन् ।

कार्यक्रममा जिल्ला सदस्य भरत सुब्बा, जिल्ला सदस्य निरज घिमिरे, नेबिसंघका पूर्व जिल्ला सभापति नारायण गिरी र युवा नेता अनिल ढुंगानाको उपस्थिति थियो ।

पछिल्लो समाचार

निर्माण व्यवसायीको साधारणसभा मंसिर २१ मा

अघिल्लो समाचार

धानखेतमै पुगे गणक

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.