१२ चैत्र २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

झापामा जनगणना

धानखेतमै पुगे गणक

कार्तिक २६, २०७८, ३:२१ .शुक्रबार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

झापा, २६ कात्तिक । भद्रपुर–६ की गणक लक्ष्मी राजवंशी धान खेतमै गएर जनगणनाको फारम भरिरहेको भेटिएकी छन् ।

खेतमा धान काटिरहेकी पुष्पा रिमालको घरमा पुग्दा नभेटिएपछि नजिकैको खेतमै पुगेर जनगणनाको फारम भरेको राजबंशीले बताइन् ।

पहिलो चरणको गणनामा नाम छुटेकी भद्रपुर–६ की आस्मा खातुनको विवरण समेत राजवंशीले सोही बेला टिपेकी थिइन् ।

‘घरमा मान्छे नभेटिएपछि सोधी खोजी गरेर उहाँहरु जहाँ हुनुहुन्छ त्यहीँ गएर फारम भर्ने गरेकी छु’, उनले भनिन्, ‘कोही नछुट्ने गरी काम गरिरहेका छौँ ।’

गणनाका लागि जाँदा केही समस्या आउने गरेको उनको भनाइ छ । ‘केहीले उमेर भन्न मान्दैनन्, केहीले अन्दाजी यति उति लेखिदिनु भन्छन्’, उनले भने–‘डेरामा बस्ने मान्छे घरमा भेटिँदैनन्, मोबाइल नम्बर पनि घरबेटीसँग माग्दा नपाइएको अवस्था छ ।’

बिर्तामोड नगरपालिकामा घरभाडामा बस्ने मानिसको सङ्ख्या धेरै छ । इलाम, ताप्लेजुङ, पाँचथर, मोरङ, सुनसरी लगायतका जिल्लासँगै भारतबाट व्यवसाय–मजदुरी गरेर बस्नको संख्या धेरै छ ।

जनगणनामा खटिएका बिर्तामोड–४ का नवेश गुरुङले एउटै घरमा पाँच÷छ परिवार घरभाडामा बस्दै आएको पाइएको बताए ।

‘कर उठाउन, भाडा बढाउन, चुनावका लागि विवरण लिन आएको भन्ने मानिसमा भ्रम रहेको पाइयो’, बिर्तामोड–५ मा गणकका लागि खटिनुभएका उनले भने, ‘धेरैले विवरण दिन अन्काउँछन्, धेरै ‘कन्भिन्स’ गर्दा मात्र विवरण दिने गरेका छन् ।’

राजवंशी र गुरुङजस्तै जिल्लामा हाल एक हजार १८७ जना गणक जनगणनामा खटिएका छन् । उनीहरु घरदैलोसँगै खेतबारी र कार्यस्थलमै पुगेर विवरण लिइरहेका छन् ।

जनगणनाका लागि झापामा दुई वटा कार्यालय (बिरिङ नदी पश्चिम दमक र बिरिङ नदी पूर्व भद्रपुर) स्थापना गरिएको छ ।
यसअघि गरिएको प्रारम्भिक सर्वेक्षणमा झापामा दुई लाख सात हजार पाँच सय परिवार र करिब १० लाख जनसङ्ख्या रहेको तथ्याङ्क छ ।

पछिल्लो समाचार

थेबेलाई सभापति बनाउने सहमति छैन : कट्टेल पक्षको दावी

अघिल्लो समाचार

बीएण्डसीका सञ्चालक प्रसाई वर्ष उत्कृष्ट

Related Posts

जाँचबुझ आयोगको प्रतिवेदन : भदाै २३ घटनामा दाेषी किटान, २४ मा माैन
banner -2

जाँचबुझ आयोगको प्रतिवेदन : भदाै २३ घटनामा दाेषी किटान, २४ मा माैन

चैत्र १२, २०८२, ६:४३ .बिहिबार
मेचीनगरमा आज पनि बजार अनुगमन, ग्यास र इन्धनको अभाव छैन्
banner

मेचीनगरमा आज पनि बजार अनुगमन, ग्यास र इन्धनको अभाव छैन्

चैत्र ११, २०८२, १:१४ .बुधबार
सत्ता गठबन्धनसँग कांग्रेस एक्लै भिड्दै
banner -2

मेची उद्योग बाणिज्य संघको चुनाव २६, बैशाखमा

चैत्र १०, २०८२, १:०८ .मङ्लबार
मेचीनगरमा ग्यासको कृत्रिम अभाव र कालोबजारी रोक्न अनुगमन
banner

मेचीनगरमा ग्यासको कृत्रिम अभाव र कालोबजारी रोक्न अनुगमन

चैत्र १०, २०८२, १२:२९ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.