झापा, २९ कात्तिक । गौरादह–५ मा पाँच जनाको मिलेमतोमा ४६ वर्षीय मबेसिर हुसेन मियाँको हत्या भएको खुलासा भएको छ ।
कात्तिक ११ गतेदेखि मबेशिर घरबाट हराइरहेका थिए । उनको परिवारले खोजतलास गरिपाउँ भनी प्रहरीमा निवेदन दिएको थियो ।
प्रहरीले कात्तिक २६ गते स्थानीय महमद सद्दामको घर खानतलासी गर्दा सेफ्टी ट्यांकीभित्र कम्बलले पोको पारेर फ्यालिएको अवस्थामा मबेशिरको शब भेटेको छ ।
स्थानीय महमद सद्दाम (वर्ष ३१), निजकी पत्नी समेरन खातुन (वर्ष २८), महमद सुलेमान (बर्ष २६), निजकी पत्नी रुक्सार खातुन (वर्ष २२) र कुर्समान खातुन (वर्ष ३८)लाई पक्राउ गरी घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शब लुकाइएको सेफ्टी ट्यांकी बाहिर गोबरको गुइँठाको थाक राखिएको, हत्या भएको स्थलका भित्ताहरुमा नयाँ लिपपोत गरिएको र केही ठाउँमा रगतका टाटा भेटिएको प्रहरीको भनाइ छ ।
अभियुक्तहरुले धारिलो दाउ, छुरी र घन (मार्तोल) प्रहार गरेर मबेसिरको हत्या गरेको प्रहरीले जनाएको छ ।
Discussion about this post