मेचीनगर, ३० कात्तिक । झापामा बन्द गर्दै हिड्ने नेकपा नेत्रविक्रम चन्द (बिप्लव) समुहका ८ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको बुधबारेबाट ७ जना र ईटाभट्टाबाट १ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गुरुप्रसाद तिम्सिनाले बताए ।
उनका अनुसार बजार, पसल तथा यातायातका सवारी साधनहरु बन्द गर्दै हिडेका कारण उनीहरुलाई नियन्त्रणमा लिईएको उनले बताए ।
बिप्लव समुहले आज पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको बिरोध देशभर नेपाल बन्दको आव्हान गरेको थियो । झापामा बन्दको आंशिकरुपमा प्रभाव परेको थियो ।
Discussion about this post