६ जेष्ठ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

देउमानको प्यानल घोषणा : उपसभापतिमा पाण्डे र भट्टराई, सचिवमा हुमागाई र बिमली

मंसिर ८, २०७८, ७:२१ .बुधबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा, ८ मंसिर । नेपाली कांग्रेस झापाको सभापतिका उम्मेद्वार उम्मेद्वार देउकुमार थेवेले प्यानल घोषणा गरेका छन् ।

देउकुमार थेबे जिताउ अभियानको सचिवालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सभापति पदका उम्मेद्वार थेबेले आफ्नो प्यानलका पदाधिकारीको नाम सार्वजनिक गर्दै उपसभापति पदमा मेचीनगरका केशवराज पाण्डे र दमकका शेरबहादुर भट्टराई उम्मेद्वार रहेको जानकारी दिए ।

यसैगरी, सचिवमा पत्रकार कृष्ण हुमागाई र नविन बिमली, सहसचिवमा कालेन्द्र राजवंशी र कमल भण्डारी उम्मेद्वार रहेको घोषणा गरेका छन् ।

आफ्नो टिम समावेशी र जुझारु भएको बताउँदै थेवेले पाँचै जना पदाधिकारीका उम्मेद्वार जिल्लाको पाँच वटै क्षेत्रका भएको बताए ।

उनले पार्टीको १३ औं महाधिवेशनमा आफुलाई सर्वसम्मत सभापति बनाउन भएको भद्र सहमतिको प्रसंग कोट्याउँदै आफुले अग्रज नेताहरुको समर्थन पाएको र साझा उम्मेद्वार भएको दावी गरे ।

उनले आगामी दिनमा पार्टीलाई चुस्त दुरुस्त बनाएर लैजान आफू नेतृत्वको टिमलाई जिताउन सम्पूर्ण क्षेत्रीय प्रतिनिधिसमक्ष आग्रह समेत गरे ।

घोषणा कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले झापा कांग्रेसको नेतृत्वमा ‘बाघ’ नै आउनुपर्ने धारणा राखे । उनले थेबेलाई शक्तिशाली र प्रभावशाली उम्मेद्वारको रुपमा बाघको संज्ञा दिए ।

केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले राजनीतिमा भद्र सहमति हुने बताउँदै भद्र सहमतिको पालना गर्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले उम्मेद्वारहरुको परिचय गराउँदै देउकुमार थेवेको टीम जुझारु र समावेशी भएको र शिक्षा, पत्रकारिता, राजनीति एवं सामाजिक क्षेत्रमा क्रियाशील ब्यक्तित्वहरु समावेश भएको बताए ।

पार्टीका केन्द्रीय सदस्य गोपालकुमार बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व सांसद डिल्लीप्रसाद सिटौला लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

पछिल्लो समाचार

आधुनिकको साधारण सभामा सम्मान

अघिल्लो समाचार

राम कट्टेल प्यानल : उपसभापति गिरी र सम्बाहाम्फे, सचिवमा लिङ्देन र राजबंशी

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.