झापा, ८ मंसिर । नेपाली काङ्ग्रेस झापाको सभापति पदका उम्मेद्वार राम कट्टेलले आफ्नो प्यानलका उम्मेद्वार टुंगो लगाएका छन् ।
राम कट्टेल जिताऔं अभियानले आज प्रेस विज्ञप्ति जारी गरी कट्टेल प्यानलबाट उपसभापति पदमा सहिद पिता केदारशमसेर गिरी र पार्टीका अहिलेका सचिव प्रेम सम्बाहाम्फे उम्मेद्वार बन्ने जनाएको छ ।
सचिवमा दमकका विश्वदीप लिङ्देन र मध्य झापाका टोम राजबंशी उम्मेद्वार हुने भएका छन् ।
सहसचिवमा उमाराम प्रसाई र पदम लिम्बु उम्मेद्वार हुने निश्चित भएको छ ।
१४ औं महाधिवेशन अन्तर्गत काँग्रेस झापाको नयाँ नेतृत्व चयनका लागि विहीवार उम्मेद्वारी दर्ता र मंसिर १० गते मतदान हुँदैछ ।
जिल्ला अधिवेशनमा ३ हजार ३ सय ६९ जना क्षेत्रीय प्रतिनिधि र वडा सभापतिहरुले मतदान गर्ने छन् ।
Discussion about this post