झापा, १२ मंसिर । नेपाली कांग्रेस झापाको निर्वाचनको २७७० मतगणना हुँदा सभापतिका उम्मेद्वार राम कट्टेल २९ मतान्तरले अगाडि नै छन् ।
ताजा परिणाम अनुसार कट्टेलले १३९० मत र सभापतिका अर्का उम्मेद्वार देउमान थेबेले १३६१ मत प्राप्त गरेका छन् ।
उपसभापतिका उम्मेद्वार केशवराज पाण्डेले अग्रता लिदै १४६९ मत प्राप्त गरेका छन् भने अर्का उम्मेद्वार प्रेम सम्बाहाम्फेले १२८५ मत प्राप्त गरेका छन् ।
उपसभापतिका अन्य उम्मेद्वार शेरबहादुर भट्टराईले १३०१ र शमशेर गिरीले ११२० मत पाएका छन् ।
यसैगरी, सचिव पदमा विश्वदीप लिङ्देनले १३६५ मत ल्याएर अग्रता कायमै राखेका छन् भने नविन बिमलीले १४१९, कृष्ण हुमागाईले १२९४ र टोमलाल राजबंशीले ११७८ मत प्राप्त गरेका छन् ।
सहसचिवमा उमाराम प्रसाईले १२१६ मत ल्याएर अग्रता लिएका छन् भने कमलप्रसाद भण्डारीले १३६९, पदम लिम्बुले १२६९ र कालेन्द्रप्रसाद राजबंशीले ११३२८ मत पाएका छन् ।
Discussion about this post