झापा, १२ मंसिर । ताजा परिणाम अनुसार नेपाली कांग्रेस झापाको सभापति पदमा देउमान थेबेले अर्का उम्मेद्वार राम कट्टेललाई २९ मतले उछिनेका छन् ।
निर्वाचनको २८७२ मत गणना हुँदा सभापतिका उम्मेद्वार देउमान थेबेले १४३९ र उनलाई नजिकबाट पछ्याइरहेका राम कट्टेलले १४११ मत प्राप्त गरेका छन् ।
उपसभापतिमा केशवराज पाण्डेले १५५५ मत, शेरबहादुर भट्टराईले १३७५ मत, प्रेम सम्बाहाम्फेले १३०७ मत र शमशेर गिरीले १२३५ मत प्राप्त गरेका छन् ।
सचिव पदमा नविन बिमलीले १५०० मत, कृष्ण हुमागाईले १३६६ मत, विश्वदीप लिङ्देनले १३५० मत र टोमलाल राजबंशीले १२०७ मत प्राप्त गरेका छन् ।
सहसचिव पदमा कमल भण्डारीले १४४१ मत, कालेन्द्र राजबंशीले १४१७ मत, पदम लिम्बुले १२८३ मत र उमाराम प्रसाईले १२३६ मत प्राप्त गरेका छन् ।
Discussion about this post