२४ असार २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कांग्रेसमा सर्वाधिक लोकप्रिय मत ल्याउने को हुन् केशवराज ?

मंसिर १२, २०७८, ३:४७ .आइतवार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

झापा, १२ मंसिर । नेपाली कांग्रेस झापाको उपसभापति पदमा बिजयको झण्डा फहराएका केशवराज पाण्डेले उम्मेद्वारहरुमध्ये सबैभन्दा लोकप्रिय (धेरै) मत पनि पाए ।

ज्यामिरगढीको गोमनसरी गाउँमा बाल्यकाल बिताएका केशवराज पाण्डे राजनीतिक चेत आएदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् ।

किसानका छोरा उनले खेतीकिसानीको दुःखकष्ट पनि भोगेका छन् । साइकलमा सरर स्कुल धाउने उनी क्याम्पस पढ्न विर्तामोडको कनकाई क्याम्पस पुग्दा उनी नेपाल विद्यार्थी संघको नेता भइसकेका थिए ।

२०४६ र २०६२ सालको जनान्दोलनको भुक्तभोगी उनी कनकाई क्याम्पसमा नेविसंघको तर्फबाट स्वतन्त्र विद्यार्थी युनियनको सभापति समेत भए ।

छरितो ज्यान, हँसिलो मुहार र भाषण क्षमताका धनी उनी विद्यार्थीमाझ अति नै लोकप्रिय थिए ।

उनी क्याम्पसको राजनीति पछि गाउँ फर्किएर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भए । वडा तहबाटै कार्यकर्तासँग घुलमिल हुने स्वाभाव भएका कारण उनी उमेरले सानो भए तापनि अग्रजहरुले समेत स्वीकार्ने खालका नेता भए ।

त्यहीबेला उनले व्यावसायिक क्षेत्रमा हात बढाए । मेची भन्सार एजेन्ट संघको सदस्य बनेर भन्सार क्लियरिङ कारोवार समेत गरेका उनले इम्पोर्ट हुने सामानहरुको व्यापार समेत गरे ।

व्यावसायिक जगतमा पनि उनी अगुवा नै बने । मेची उद्योग वाणिज्य संघको कार्य समिति सदस्य, उपाध्यक्ष अध्यक्ष हुँदै उनी नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा पटक पटक पुगे ।

व्यवसायसँगै राजनीति अघि बढाएका उनले राजनीति गर्न कसैसँग चन्दा माग्नु परेन । आफ्नै धरातलमा टेकेर राजनीतिक सक्रियता बढाएका उनी नेपाली कांग्रेसको जिल्ला सदस्य, कोषाध्यक्ष हुँदै अहिले उपसभापति निर्वाचित भएका छन् ।

कांग्रेस वृत्तभित्र उनलाई पार्टीको भावी जिल्ला सभापतिको रुपमा हेर्ने गरिएको छ ।

संसदीय राजनीतिमा पद प्राप्त गर्न नसके तापनि उनी असफल भने छैनन् । किनकि, पार्टीले विश्वास गरेर उनलाई गत प्रदेश सांसद्को निर्वाचनमा उनलाई उम्मेद्वार बनाएको थियो ।

खासमा उनी मेचीनगर नगरपालिकाको मेयर पदमा उम्मेद्वार बन्न चाहन्थे । तर पार्टीले उनकै व्यावसायिक साझेदार एवम् राजनीतिक सहयोद्धा बिमल आचार्यलाई मेयरको उम्मेद्वार बनाउने सोच बनाए पछि उनले समर्थन जनाए ।

अहिले मेचीनगर–७ इटाभट्टामा उनी बस्छन् । राजनीति, व्यापार र सामाजिक सेवाको क्षेत्रमा उत्तिकै रुपमा हात बढाइरहेका उनको काँधमा अब नेपाली कांग्रेसको झापा जिल्ला संगठन बलियो बनाउने जिम्मेवारी आएको छ ।

जहाँ हात हाले पनि मिहेनत गर्ने स्वाभाव भएका उनलाई नजिकबाट बुझ्नेहरु भन्छन्–केशव असफल चाहिँ कहिल्यै जान्दैनन् ।

पछिल्लो समाचार

देउमानले २८ मतले उछिने कट्टेललाई, २३९ मत गन्न बाँकी

अघिल्लो समाचार

सभापतिमा देउमान थेबे बिजयी, घोषणा हुन बाँकी

Related Posts

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार
banner

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार

असार २२, २०८२, १०:३७ .आइतवार
थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत
banner -2

थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत

असार २२, २०८२, १०:०६ .आइतवार
काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै
banner -1

काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै

असार २२, २०८२, ८:०१ .आइतवार
मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन
अर्थ

मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन

असार २१, २०८२, ८:३२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.