२९ मंसिर २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

खेलकुद

झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा

कार्तिक १८, २०८२, १:४१ .मङ्लबार
0
0
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, १८ कात्तिक । झापा महिला गोल्डकपमा विभागीय टोली एपिएफ फुटबल क्लब काठमाडौँले सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबलाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको सुरुवातदेखि नै बल नियन्त्रणमा राख्दै आक्रमणमा केन्द्रित एपिएफले २९ औँ मिनेटमा सविता राना मगरको गोलमार्फत अग्रता लियो । त्यसपछि ३८ औँ मिनेटमा अनिता बस्नेतले सरु लिम्बुले हेडर मिस गरेपछि बललाई फिनिस गर्दै दोस्रो गोल थपिन् ।

पहिलो हाफको इन्ज्युरी समयमा एपिएफले लगातार दुई गोल थप्दै खेललाई आफ्नो पकडमा ल्यायो । ४१ औँ मिनेटमा रश्मिकुमारी घिसिङले गोल गरिन् भने त्यसपछि इन्ज्युरी समयमा अनिता बस्नेतले व्यक्तिगत दोस्रो गोल गरिन् । जससँगै पहिलो हाफ एपिएफको पक्षमा ५–० मा समाप्त भयो ।

दोस्रो हाफमा पनि एपिएफको आक्रमण रोकिएन । ७१ औँ मिनेटमा सविता राना मगरको क्रसमा अनिता केसीले गोल गर्दै अन्तर बढाइन् । ८४ औँ मिनेटमा अनिता केसीको पासमा रश्मिले गोल गर्दै ह्याट्रिक पूरा गरिन् र टोलीको सहज जित सुनिश्चित गरिन् ।

सिंग्लिङ स्पोर्टिङ क्लबका सुक्रिया मगरले २१ औँ मिनेटमा गरेको प्रहार एपिएफकी गोलरक्षक अञ्जना रानाले नियन्त्रण गरिन् भने ८० औँ मिनेटमा वान–भर्सेस–वानको अवसर पनि सुक्रियाले गुमाइन् ।

एपिएफका प्रशिक्षक जिबेश पाण्डेले टोलीले योजनाअनुसार खेल खेलेको बताए । खेलाडीहरूले सुरुदेखि अन्त्यसम्म सन्तुलित प्रदर्शन गरे र योजनाअनुसारको फुटबल देखाए,” उनले भने ।

सिक्किमकी प्रशिक्षक लाकु फुर्बी भुटियाले भने हारलाई सिकाइको अवसरका रूपमा लिएको बताइन् । ‘हाम्रो टोली युवा छ, आगामी खेलहरूमा सुधार गरेर फर्किनेछौँ,’ उनले प्रतिक्रिया दिइन् ।

खेलकी प्लेयर अफ द म्याच रश्मि घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन् । बुधबार हुने तेस्रो क्वार्टर फाइनलमा संकटा फुबटल क्लब काठमाडौँ र झापा एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

पछिल्लो समाचार

निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण

अघिल्लो समाचार

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा

Related Posts

मागुरमाडी वनमा कांग्रेसका बागी उम्मेदवार निर्वाचित
banner

मागुरमाडी वनमा कांग्रेसका बागी उम्मेदवार निर्वाचित

मंसिर २८, २०८२, ३:२२ .आइतवार
मेचीनगर लेडी जेसीजको अध्यक्षमा रिता
banner -2

मेचीनगर लेडी जेसीजको अध्यक्षमा रिता

मंसिर २८, २०८२, १:३१ .आइतवार
बिन्ती साकोसको साधारण सभा
box -2

बिन्ती साकोसको साधारण सभा

मंसिर २८, २०८२, १२:५५ .आइतवार
एमाले अजम्बरी छ : ओली
box -1

एमाले अजम्बरी छ : ओली

मंसिर २७, २०८२, ११:४४ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.